सरकारले केही गर्न सकेन भनेर निराश हुनु पर्दैन– प्रचण्ड « Khabarhub

सरकारले केही गर्न सकेन भनेर निराश हुनु पर्दैन– प्रचण्ड


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट समाजवादको नयाँ झण्डा फहराएरै छाडिने दृढता व्यक्त गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने, “नेपालबाट समाजवादको नयाँ अध्याय शुरु भएरै छाड्ने छ । हामी कुनै पनि हालतमा केही न केही नयाँ मोडल स्थापित गरेरै छाड्नेछौँ । त्यसमा कुनै पनि तलमाथि हुने छैन ।”

उनले सङ्घ, प्रदेश र स्थानीय तहमा समेत नेकपाको ठूलो जनमतसहितको सरकारले केही गर्न सकेन भनेर निराश नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्दै भने “म सबैलाई आग्रह गर्न चाहन्छु । एक डेढ वर्षमा केही भएन भनेर कुनै चिन्तित हुनु पर्दैन । यत्रो विशाल जनमत भएको पार्टीले नेपाली जनताको अपेक्षाअनुसार नै काम गर्छ । जनताको चाहनालार्ई सम्बोधन गर्दै समाजवादको नयाँ आधार स्थापित गरेरै छाड्छ ।”

विश्वका विभिन्न देशमा प्रयोग भएको समाजवादको अन्ध नक्कल गरेर कही पनि नपुग्ने भन्दै प्रचण्डले नेपालको सापेक्षतामा मौलिक ढङ्गको समाजवादको झण्डा स्थापित गरेरै छाडिने बताए ।

नेकपाका नेता डिपी ढकालद्वारा लिखित ‘पूँजीवादी र समाजवादी अर्थ राजनीतिक विकासक्रम’ नामक पुस्तकको सार्वजनिक गर्दै प्रचण्डले नेपालमा कस्तो ढाँचाको समाजवाद स्थापना गर्ने भन्नेबारेमा आफूहरु सबै अग्निपरीक्षामा रहेको बताए ।

आफूले हिम्मत गरेर नै पार्टी एकतालाई अगाडि बढाएको उल्लेख गर्दै प्रचण्डले समाजवादलाई समेत लागू गरेरै छाडिने प्रतिबद्धता व्यक्त गरे ।

विश्वका सबैखाले अनुभवलाई केन्द्रमा राखेर नेपालको आफ्नै मौलिकतामा समाजवादको जग तयार पार्न आफूहरु लागेको र विशाल कार्यकर्ताको पङ्क्तिले बहस र छलफल गरेर त्यसलाई थप समृद्ध पार्ने उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले आगामी दशक समाजवादको दशक हुने भएकाले त्यसलाई सफल बनाउन थप एकता, थप सुदृढ पहल जरुरी रहेको स्पष्ट पारे ।

उनले कुनै पनि दायाँबायाँ नगरी नेपाली जनतालाई साथमा लिएर समाजवादको नयाँ यात्रामा निस्कनसमेत नेपाली जनता, पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  १० : ४२ बजे

श्रम संस्कृतिको चेतावनी- संविधान संशोधनका नाममा प्रदेश खारेज गर्ने दुस्साहस गरे स्वीकार्य हुँदैन

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले संविधान संशोधनका

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण