नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने | Khabarhub Khabarhub

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे रासससँगको सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा विचारविमर्श हुने जानकारी दिए ।

उनले दुई देशबीच विगतमा भएका सन्धि सम्झौता तथा नेपालमा सञ्चालित विकास–निर्माणका परियोजनाको समीक्षाका साथै तिनको द्रुत कार्यान्वयनमा जोड दिइने बताए ।

चीन र नेपालबीच हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्न भएका समझदारी, रेलमार्ग निर्माण तथा परस्परमा सम्पर्क विस्तार र दुई देशबीच भएको यातायात तथा पारवहन सम्झौतालगायत विषयमा केन्द्रित रहेर वार्ता हुने मन्त्री ज्ञवालीले बताए । चार वर्षको अन्तरालमा चिनियाँ विदेशमन्त्रीबाट यो भ्रमण हुन लागेको छ ।

नेपालको विकासको भरपर्दो साझेदार चीनले हासिल गरेको भौतिक एवं आर्थिक विकासबाट नेपाल कसरी लाभान्वित हुनसक्छ भन्नेमा नेपालको ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले वार्तामा द्विपक्षीय हित, क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा पनि विचारविमर्श हुने बताए ।

चीनको राज्य परिषद्का सदस्यसमेत रहेका विदेशमन्त्री वाङको यो भ्रमणलाई चिनियाँ राष्ट्रपति सी चीनफिङको भावी नेपाल भ्रमणको पूर्वतयारीका रुपमा लिन सकिन्छ कि भन्ने जिज्ञासामा उनले नेपाल भ्रमण गर्न महामहिम चिनियाँ राष्ट्रपतिका निम्ति उपयुक्त समय भएको जानकारी नेपालले दिएको बताए । उनले भने “उच्चस्तरीय नेतृत्वको आगमन उत्साहको विषय हो तर भ्रमणको मिति निर्धारण भएको छैन ।” नेपालका घनिष्ठ मित्र चिनियाँ राष्ट्रपतिले उपयुक्त समयमा भ्रमण गर्नेमा आफू आशावादी रहेको परराष्ट्रमन्त्रीले बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ९ : १९ बजे

‘रङ्गीन सपनाले सजिएको वाटरपार्क’

जानकी– बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ मा अवस्थित वाटरपार्क दसैँ नजिकिँदै गर्दा

अत्यावश्यक सेवा रोकिँदैन : मुख्यमन्त्री आचार्य

राँझा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश अन्तर्गतका कार्यालयहरूबाट अत्यावश्यक

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

रौतहट– मौलापुर नगरपालिका-९ सोनारनियास्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २५

संयुक्त राष्ट्र महासभा : नेताहरूको सहभागिता र प्रमुख एजेन्डा

एजेन्सी– विश्व नेताहरू यस हप्ता संयुक्त राष्ट्र महासभाको ८०औँ सत्रका

आँखाको ज्योति फर्किएपछि चन्द्रावतीले भनिन् – ‘अब संसारसँग छामेर होइन, हेरेर आफैँ जुध्न सक्छु’

काठमाडौं– दुवै आँखामा मोतियाबिन्दुको कारण जानकी गाउँपालिका–२ जुगुनभरियाकी ३० वर्षीया