सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित « Khabarhub

सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित


२१ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाल्पा–पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ ।

यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् ।

गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन ढकालले बताए ।

भाइरल ज्वरोका बिरामीमध्ये १७ जना विद्यार्थी रहेका छन् । शिविरमार्फत निःशुल्क स्वास्थ्य उपचार तथा औषधि दिइएको छ ।

गाउँपालिकाका अन्य क्षेत्रमा पनि फाट्टफुट्ट मात्रामा भाइरल ज्वरोका बिरामी देखापरेका छन् । जिल्लाको तानसेन, रामपुर क्षेत्रमा पनि भाइरल ज्वरोका बिरामी देखिएका छन् । भाइरल ज्वरोबाट बच्न जिल्लाका सबै स्वास्थ्य संस्थामा बिरामीको राम्रो रेखदेख र सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने, उमालेको पानी मात्र प्रयोग गर्ने, दोहोरो हावा आउने शान्तपूर्वक ठाउँमा बस्ने, भीडभाडमा नजाने, हात नमिलाउने, अङ्कलमाल नगर्ने र कुनै स्वास्थ्य समस्या भएमा नजीकको स्वास्थ्य संस्थामा उपचार तथा सल्लाह लिन जाने गरेमा भाइरल ज्वरोबाट बच्न सकिने सूचना अधिकारी ज्ञवालीको सुझाव छ ।

रुघाखोकी लागेजस्तो हुनु, ज्वरो आउनु, सुख्खा खोकी लाग्नु, नाकबाट सिँगान बग्नु, शरीर दुख्नु, खान मन नलाग्ने जस्ता भाइरल ज्वरोको लक्षण हुन् । स्वास्थ्य संस्थामार्फत नागरिकलाई भाइरल ज्वरोबाट सचेत रहन विभिन्न जनचेतना दिइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार  ८ : ०३ बजे

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका युवकको शव भेटियो

बर्दिया – दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित