बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो « Khabarhub

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटियो


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्दिया राष्ट्रिय निकुञ्ज सिकार खेल्न गएका ६ जनामध्ये एक जना १७ दिनपछि आज सोमबार मृत भेटिएका छन् । फागुन २३ गते निकुञ्जमा सिकार खेल्न गएकामध्ये टोमबहादुर खत्री मृत भेटिएका हुन् भने ५ जना अझ बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक सुधीरराज शाहीलेका अनुसार खत्रीको शव ठाकुरबाबा नगरपालिका–२ झाँक्री खोलामा फेला परेको हो । शवको सनाखत आसे महतराले गरेका थिए । महतारा मृतक भेटिएका खत्रीका भिनाजु हुन् ।

अझै सम्पर्कविहीन भएकाहरूमा २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली र ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

इलाका प्रहरी कार्यालय बग्नाहा, बर्दियाका अनुसार, घटनाको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको छ ।

हराइरहेका व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सुर्खेत बराहताल गाउँपालिका–२ निवासी ३३ वर्षीय टोपबहादुर खत्रीसहितको टोली गत २३ फागुनमा सिकार खेल्ने उद्देश्यले घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, अनुसन्धानको लागि प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको नेतृत्वमा प्रारम्भिक टोली खटाइएको थियो ।

घटनास्थल बर्दिया क्षेत्रमा पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग समन्वय गर्दै थप टोली उक्त घटना अनुसन्धानको लागि सुर्खेतबाट समेत परिचालन गरिएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  ५ : १५ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका