विवादास्पद ‘फोन कल’बारे ट्रम्पविरूद्ध फेरि अर्को उजुरी « Khabarhub

विवादास्पद ‘फोन कल’बारे ट्रम्पविरूद्ध फेरि अर्को उजुरी


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गरेको विवादास्पद फोन कलका विषयमा अर्का एकजना जानकारले पनि उजुरी गरेका छन्।

मार्क जेइडले एबीसी समाचारसंस्थासँग कुरा गर्दै दोस्रा उजुरीकर्ता पनि जासुस अधिकारी भएको बताएका छन्। ह्वाइट हाउसले यसबारे कुनै प्रत्यक्ष टिप्पणी गरेको छैन। पहिलो उजुरीलाई राष्ट्रपति ट्रम्पले बारम्बार अस्वीकार गर्दै आएका थिए।

दोस्रो उजुरीकर्ताका कारण राष्ट्रपति ट्रम्प र उनको पार्टी रिपब्लिकनको अवस्था झन् जटिल बनाउने दखिएको छ । किनभने उनीहरूले पहिलो उजुरीकर्ता राजनीतिक पूर्वाग्रह ग्रसित भनेर लाञ्छना लगाएका थिए।

युक्रेनी राष्ट्रपतिसँग ट्रम्पले बोलेका कुरा अनुचित भन्नेबारे अब एक होइन दुई उजुरीकर्ता देखा परेका छन्। साथै यी दोस्रो उजुरीकर्तासँग उक्त वार्तालापबारे प्रत्यक्ष जानकारी भएको जनाइन्छ।

विपक्षी डेमोक्र्याटहरूले ह्वाइट हाउस तथा विदेशमन्त्री माइक पोम्पेओसँग थप दस्तावेज माग गरेका छन्। उनीहरूले ट्रम्पविरुद्ध महाभियोगको छानबिन अघि बढाइरहेका छन्।

युक्रेनी राष्ट्रपतिसँगको कुराकानीमा ट्रम्पले सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा उनका सम्भावित प्रत्यासी जो बाइडनविरुद्ध भ्रस्टाचारको मुद्दा चलाउन आग्रह गरेको आरोप छ ।

जो बाइडन र उनका छोरालाई समेत मुछिएको आरोपको कुनै प्रमाण भने ट्रम्प प्रशासनले पेश गरेको छैन। यस विषयमा छानबिन गर्न युक्रेनलाई दबाव दिइएको र त्यसो नगरे सुरक्षा सहयोग स्थगित गरिदिने डर देखाइएको वा भनेको माने युक्रेनी राष्ट्रपतिलाई ह्वाइट हाउसमा निम्त्याइने लोभ देखाइएको बताइएको छ।

हाल महाभियोग छानबिन अगस्ट महिनामा पहिलो उजुरीकर्ताले उक्त फोन वार्ताबारे दिएको जानकारीमा आधारित छ।
डेमोक्र्याटहरूले अगुवाइ गरेको छानबिन समितिले सो वार्तालाई प्रत्यक्ष देखेको वा थप सूचना भएका व्यक्तिसँग कुराकानी गर्न चाहिरहेको थियो।

दोस्रो उजुरीकर्ताले हालसम्म कुनै आधिकारीक गुनासो दर्ता गराएका छैनन् र समितिसँग पनि कुराकानी गरेका छैनन्।
यदि डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदन प्रतिनिधिसभाले ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गरेमा त्यसको सुनुवाइ माथिल्लो सदन सिनेटमा हुनेछ। बीबीसीबाट

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ७ : ४८ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको