काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) मतदान हुँदैछ।
बिहीबारका लागि तय गरिएको मतदान आवश्यक तयारी पूरा हुन नसकेको र अन्य व्यवस्थापकीय कठिनाइका कारण एक दिन पछि सारिएको हो।
आज बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ।
बिहीबार बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान पटकपटक सारिए पनि हुन सकेको थिएन। मतदानको समय अनिश्चित भएपछि निर्वाचन समितिले शुक्रबार बिहानका लागि नयाँ समय निर्धारण गरेको हो।
आज हुने मतदानबाट कांग्रेसको आगामी नेतृत्वसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।














प्रतिक्रिया