छोरा र श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु « Khabarhub

छोरा र श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– छोरा र श्रीमतीको कुटाइबाट सप्तरीको महादेवा गाउँपालिका ३ पकरीमा एक जनाको ज्यान गएको छ ।

पारिवारिक विवादको क्रममा कुटपिट हुँदा ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको हो ।

अत्याधिक मदिरा सेवन गरी घर प्रवेश गरेका २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम र ५० वर्षीया श्रीमती जुमली खातुनको कुटाइबाट पमरियाको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएका पमरीयाको उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटैमै मृत्यु भएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनका अनुसार अत्याधिक मदिरा सेवन गरी आएका रहिमले आमासँग मिलेर पमरियालाई कुटपिट गरेपछि उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शव पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको तथा घटनामा संलग्न आमाछोरा फरार रहेकोले खोजी भईरहेको एसपी प्रसाईंले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ३ : १२ बजे

बहुविवाह मुद्दा – पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं– बहुविवाह मुद्दामा दोषी ठहर भएका नेकपा (एमाले) का नेता

ओलीले राष्ट्रिय सभाको लोभ देखाएपछि राजेन्द्र गौतमको उम्मेदवारी फिर्ता

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी

राष्ट्रिय झण्डा दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं– आठौँ राष्ट्रिय झण्डा दिवस आज (मंगलबार) विभिन्न कार्यक्रम गरी

किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी– मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ

हर्षल पाठक नेपाली महिला क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले हर्षल पाठकलाई नेपाली महिला