छोरा र श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु « Khabarhub

छोरा र श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– छोरा र श्रीमतीको कुटाइबाट सप्तरीको महादेवा गाउँपालिका ३ पकरीमा एक जनाको ज्यान गएको छ ।

पारिवारिक विवादको क्रममा कुटपिट हुँदा ६२ वर्षीय मोहम्मद गफुर पमरियाको मृत्यु भएको हो ।

अत्याधिक मदिरा सेवन गरी घर प्रवेश गरेका २० वर्षीय कान्छो छोरा मोहम्मद रहिम र ५० वर्षीया श्रीमती जुमली खातुनको कुटाइबाट पमरियाको मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएका पमरीयाको उपचारार्थ राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने क्रममा बाटैमै मृत्यु भएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

उनका अनुसार अत्याधिक मदिरा सेवन गरी आएका रहिमले आमासँग मिलेर पमरियालाई कुटपिट गरेपछि उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शव पोष्टमार्टमको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको तथा घटनामा संलग्न आमाछोरा फरार रहेकोले खोजी भईरहेको एसपी प्रसाईंले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ३ : १२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको