अपडेट : अर्घाखाँची दुर्घटना, ३ को मृत्यु, ६ घाइते « Khabarhub

अपडेट : अर्घाखाँची दुर्घटना, ३ को मृत्यु, ६ घाइते


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गणेश खनाल
अर्घाखाँची–अर्घाखाँचीको सन्धिखर्कमा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्वरको बोलेरो जीप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्यु भएको शसस्त्र प्रहरी नायव उपरीक्षक माधव रेम्गिले जानकारी दिए ।

मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका वडा नं. २ ढाकावाङ्ग घर भई हाल लमही नगरपालिका वडा नं. ५, दाङ्ग वस्ने वर्ष ५१ का घनश्याम खनाल र उनकी श्रीमति वर्ष ४६ की श्यामकला खनाल रहेको प्रहरीले जनाएको छ ।

अर्का एक मृतक पुरुष भए पनि उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जनाकारी दिए ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–१०, धनचौरकी वर्ष १९ की सीमा रेग्मी, भूमिकास्थान नगरपालिका–१० धनचौरकी वर्ष ३० का उमेश रेग्मी, वर्ष १ का आदित्य रेग्मी, लमही ५ दाङ्गकी वर्ष १२–की अनिता खनाल, बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेका वर्ष २४ का जीपका चालक विरेन्द्र श्रेष्ठ, लमही नगरपालिका–५ दाङ्गकी विन्दु खनाल घाईते भएका छन् ।

घाईते ४ जनालाई थप उपचारका लागि भैरहवा मेडिकल कलेजका रिफर गरिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । अन्य घाईतेहरुको सन्धिखर्क अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ५ : २० बजे

स्वास्थ्यचौकीलाई उपकरण सहयोग

सिरहा– ग्रामीण क्षेत्रमा सुरक्षित मातृत्वको प्रवर्द्धन र मातृ तथा शिशु मृत्युदर

हर्क नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति, देवराजले

एनसेल फाउन्डेसनले एनपीएल- २ का चौकाबापत २४०० बढी शैक्षिक सामग्री वितरण गर्ने 

काठमाडौं– एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा जनाएको प्रतिबद्धता

वार्ताअघि युक्रेनका लागि फ्रान्सको कडा शर्त

एजेन्सी – फ्रान्सले रुससँगको युद्ध अन्त्यका लागि युक्रेनले कुनै भूभाग

करोडौँ खर्चिएर निर्माण गरिएका फिल्म सिटीका भौतिक संरचना बेवारिसे !

दोलखा– जिल्लाको भीमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित पर्यटकीय गन्तव्यको रूपमा रहेको डाङडुङेमा