महराको ९ दिन हिरासतमै बास, २८ गते अदालत पेश गरिने « Khabarhub

महराको ९ दिन हिरासतमै बास, २८ गते अदालत पेश गरिने


२० आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-यतिबेला सबैतिर दशैंको रौनक छ । सबैले दशैंमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यहि बेला यौन दुव्र्यवहारको काण्डमा फसेका निर्वतमान सभामुख कृष्णबहादुर महराको भने हिरासतमा बास छ ।

महराको हिरासत बास ९ दिनको हुने भएको छ । उनलाई यही असोज २८ अदालतमा पेश गरिँदैछ । सभामुख बहाल रहेकै बेला यौन दुव्र्यवहारको अभियोग लागेका महराले पदबाट राजीनामा दिएर कानूनी प्रक्रियाबाट जोगिने प्रयास असफल भयो ।

पीडित भनिएकी रोशनी शाहीले जवरजस्ति करणी प्रयासमा किटान जाहेरी दिएपछि आइतबार साँझ महरा पक्राउ परे ।

पक्राउ परेका महरा अहिले हिरासतमा छन् । अनि यतिबेला महराको कारवाही प्रक्रिया कसरी टुंगिन्छ र के के प्रक्रिया अघि बढ्छ भन्ने बहस शुरु भएको छ ।

अब के हुन्छ

नेपालको इतिहासमै सबैभन्दा उच्च ओहोदामा रहँदा निकृष्ट कर्मको अभियोगमा पक्राउ परेर निवर्तमान सभामुख कृष्णबहादुर महराले इतिहास रचेका छन् । पदबाट राजीनामा दिएको एक सातापछि पनि आइतबार सभामुखको सरकारी निवासबाटै पक्राउ परेका महरालाई सिंहदरवारस्थित प्रहरी बृत्तमा राखियो ।

स्वास्थ्य समस्या कारण देखाएर महरा वीर अस्पतालको भीआइपी कक्षमा बस्ने तयारीमा छन् । महरालाई निकृष्ट कर्मको अभियोग लागेपनि प्रमाणित भने भइसकेको छैन ।

अभियोग नै गम्भीर अपराधको भएका कारण प्रहरी पक्राउ गर्न बाध्य भएको छ भने गम्भीर अपराधको आरोप लागेकाले अनुसन्धान गम्भीर रुपमा अघि बढ्ने बताउँछन बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठी ।

दशैको अष्टमीमा पक्राउ परेका महराले कानूनी प्रक्रियाकै लागि पनि आगामी असोज २८ गतेसम्म कुर्नुपर्नेछ । आगामी २६ गतेसम्म सरकारी बिदा तथा पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनमा २७ गते बिदा दिइएकाले आगामी २८ गते पछि मात्र महराको केस अदालतमा पुग्ने छ ।

अर्थात प्रहरीले अदालतबाट म्याद नथप्दै महरालाई ९ दिनसम्म थुनामा राख्ने छ । उनको सरकारी वकिलको उपस्थितिमा हुने औपचारिक बयान अगाडी नै सकियो भने बल्ल महराका विषयमा अदालतमा थुनछेक बहस शुरु हुनेछ ।

थुनछेक बहसपछि अदालतले पूर्पक्षका लागि थुनामा राख्न अनुमति दिएमा महराको सांसद पद पनि निस्क्रिय हुनेछ । संविधानको धारा १०३ को उपधारा ६ को प्रतिबन्धात्मक वाक्यांश अनुसार महराको अनुसन्धान अघि बढ्ने छ ।

शुरुमा महिलाले आरोप सार्वजनिक गरेपछि उनलाई युटर्न गराउन सफल भएका महरा त्यसपछि एकपछि अर्को गर्दै असफल भएका कारण प्रहरीमा छन् ।

अब महरालाई पीडित महिलालाई दवाव दिएको प्रमाणित भएमा थप सजाय हुने तर्क गर्छन बरिष्ठ अधिवक्ता त्रिपाठी ।

महराका विषय सुरुवाती हप्ता ढाकछोपका संकेत देखिएपनि सामाजिक संजाल र समाचारको प्रभावमा उनी माथि लागेको आरोप बहसमा आयो । तर, अपराधमा समेत राज्यको संरक्षण देखिएको भन्ने प्रतिपक्षी दलकोसमेत अरोपसहितको दवावले महराको विषय समान्य ढाकछोपको विषय बन्न असम्भव जस्तै बनेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि यस्तो गम्भीर आरोप लागेका व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कडा कारबाही गर्नुपर्ने बताउँछन् ।

महरा काण्डलाई नाम उल्लेख नगरी पश्चिमा राष्ट्रहरुले समेत चासो राखेका छन् । लोकतन्त्र र मानव अधिकारका विषय उठाइसकेपछि नछोड्ने पश्चिमाको चासो र प्रतिपक्षी दवावपछि पक्राउसम्म पुगेको सरकार पनि यो विषयमा हेलचेक्राइ गर्ने अवस्थामा छैन ।

दशैको मुखमा भएको महराको पक्राउले धेरैलाई स्तव्ध पारेको छ । परिवाजनमा त्यसले पारेको असर आकलन भन्दा बाहिरको छ ।

उनको अभियोग नै गम्भीर भएकाले अनुसन्धानमा सहयोग गर्ने बाहेक उनको परिवार पार्टी र सुभेच्छुकसँग अर्को विकल्प छैन ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ६ : २५ बजे

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

मतदातालाई गालीगलौज गरेको आरोपमा रवि चुडाल पक्राउ

काठमाडौं – झापा–५ का मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक