स्वास्थ्य परीक्षण भन्दै म्यानपावरले कामदारसँग असुले साढे एक अर्ब | Khabarhub Khabarhub

स्वास्थ्य परीक्षण भन्दै म्यानपावरले कामदारसँग असुले साढे एक अर्ब


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारसँग प्रक्रिया नै शुरु नभई म्यानपावर कम्पनीले पैसा असुल्ने गरेको पाइएको छ ।

म्यानपावर कम्पनीले इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (जीएसजी) तथा वायोमेट्रिक स्वास्थ्य परीक्षण भन्दै प्रति व्यक्ति ७ हजार ७ सय असुल्ने गरेको पाइएको हो ।

वैदेशिक रोजगारीको प्रक्रिया शुरु अघि नै कामदारबाट पैसा असुल्न थालेपछि वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीलाई खबरदारी थालेको छ ।

वैदेशिक रोजगार विभागले विज्ञप्ति नै जारी गरी जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षणका नाममा लिएको पैसा तत्काल फिर्ता गर्न म्यानपावर कम्पनीलाई सूचित गराएको छ ।

म्यानपावरले वैदेशिक रोजगारीको प्रक्रिया नै शुरु नगरी पैसा उठाउने गरेको गुनासो वैदेशिक रोजगार विभागमा आएपछि आफूहरुले म्यानपावर व्यवसायीलाई सचेत गराएको विभागका महानिर्देशक डा.भिष्म भुषालले जानकारी दिए ।

वैदेशिक रोजगारीमा जाने कामदारले ल्याउने गुनासोलाई उचित स्थान दिएर समस्या समाधान गर्न विभाग तयार रहेको भन्दै भुषालले शुरुमा म्यानपावर कम्पनीलाई सचेत गराएको र उनीहरुले अटेर गरे कानूनी कारबाही प्रक्रिया अघि बढाउने दाबी गरे ।

के हुन्छ प्रक्रिया ?

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा विदेशमा रहेका दूतावासबाट डिमाण्ड प्रमाणिकरण गरेपछि पुर्व श्रम स्वीकृति जारी हुन्छ । त्यसपछि अन्तर्वार्ता भएमात्र जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षण गराउनुपर्ने कानूनी व्यवस्था छ । एक पटक जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षण गरेपछि त्यसको समयावधी तीन महिना सम्म हुन्छ ।

मलेसिया रोजगारीका लागि जाने ग्यारेन्टी नभई अग्रिम र मनपरी ढंगले म्यानपावरले स्वास्थ्य परीक्षण गराउने गरेको गुनासो गर्ने कामदारको संख्या दिनप्रतिदिन बढ्न थालेको विभागले जनाएको छ ।

विभागमा आएको सूचनाका आधारमा म्यानपावर कम्पनीलाई स्वास्थ्य परीक्षण र जीएसजीका नाम कामदारसँग असुलेको पैसा फिर्ता गर्न सूचित गराइसकिएको जानकारी दिँदै विभागका महानिर्देशक भुषालले विभागको निर्देशन नटेर्नेलाई कारबाही गर्ने चेतावनी दिए ।

‘मलेसिया जाने कामदारको पूर्व स्वीकृति बमोजिम छनोट भई प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जिएसजीका नाममा रकम उठाउन पाउदैन ।

रोजगारीमा जाने युवालाई पनि प्रक्रिया बुझेर मात्र पैसा बुझाउन अनुरोध गर्छु,’ उनले भने, ‘म्यानपावर कम्पनीलाई पनि नियम अनुसार गर्न भनेका छौं । नगरे कारबाही हुन्छ ।

डा.भुषालले पूर्व स्वीकृति लिएर कामदार छनोट भइसकेपछिमात्र मेडिकल र जीएसजी गर्न तथा पठाउँदा पत्र र लट नम्बरसहित पठाउन पनि आग्रह गरेका छन् ।

२ लाख युवाबाट साढे १ अर्ब बढी असुली

मलेसिया रोजगारीमा जाने श्रमिकसँग म्यानपावरले साढे १ अर्बभन्दा धेरै पैसा उठाएको विभागको अनुमान छ ।

रोजगारीका लागि मलेसिया जाने कामदारको वायोमेट्रिकल स्वास्थ्य परीक्षण गर्दा ४ हजार ५ सय र जीएसजी गर्दा ३ हजार २ सय गरी ७ हजार ७ सय पैसा तिर्नुपर्छ । गत कात्तिकमा भएको श्रम सम्झौताअनुसार जीएसजी र स्वास्थ्य परीक्षणको पैसा मलेसियाका रोजगाराता कम्पनीले दिने उल्लेख गरिएको छ ।

म्यानपावर कम्पनीले मलेसियाबाट श्रमिकको डिमाण्ड नै नलिइ २ लाख श्रमिकसँग मेडिकल र जीएसजी गराएका छन् । उनीहरुले कामदारबाट १ अर्ब ५४ करोड रुपैयाँ असुल गरेको विभागको अनुमान छ ।

विभागले म्यानपावर कम्पनीलाई सूचित गर्दै १८ सय कामदारको मात्र पूर्व श्रम स्वीकृति निस्केको तर करिब एक लाख भन्दाबढी कामदारको मेडिकल र जिएसजी भई कामदारसँग ठुलो रकम उठाएको भन्दै प्रक्रिया शुरु नगरी लिएको पैसा फिर्ता गर्न आग्रह गरेको छ ।

मलेसिया जाने कामदारसँग पूर्वश्रम स्वीकृति नलिकाली २ लाख जना कामदारको जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षण बापतको रकम लिइएको सूचना आएपछि विभागले म्यानपावर कम्पनीलाई सचेत गराएको हो।

विभागले जारी गरेको सूचना पढ्नुहोस्

यता म्यानपावर व्यवसायी पनि प्रक्रिया विपरीत काम गर्नेलाई कारबाही गर्नुपर्ने तर्क गर्छन । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कमल तामाङले प्रक्रिया नै शुरु नगरी पैसा लिने म्यानपावरलाई कारबाही गर्नुपर्ने बताए ।

तामाङले भने, ‘एजेन्टले मेडिकल व्यवसायीसँग मिलेर स्वास्थ्य परीक्षण र जीएसजीका नाममा पैसा लिने काम गरेको पाइएको छ । यो गम्भीर विषय हो । मलेसियाको रोजगारी खोल्नुआगाडी स्वास्थ्य परीक्षण र जिएसजी गर्ने काम व्यक्तिगत तवर बाट भइरहेको छ ।’

तामाङले सरकारी प्रवृत्तिकै कारण यस्ता घटना आउने गरेको आरोप लगाउँदै व्यवसायीलाई दोष लगाउनेमात्र नभई समस्या समाधानका लागि सहयोगी बन्न आग्रह गरे ।

उनले भने, ‘सरकारले व्यवसायीलाई दोषी बनाउने मात्रै काम गरिरहेको छ । कहाँ के भइरहेको छ भन्ने विषयमा खोजी गरिएको छैन । व्यवसायीलाई लखेटेर मात्र समस्याको समाधान हुँदैन । यस्ता काममा कसकसको मिलेमतो छ भन्ने बुझ्न आवश्यक छ ।’

जीएसजी र वायोमेट्रिक स्वास्थ्य परीक्षण मेडिकलसँग मिलेर एजेन्ट गरिहेकाले म्यानपावर कम्पनी र सरकार दुवैले खोजेर कारबाही गर्नुपर्ने तामाङले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ५५ बजे

अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदी अरबको भ्रमणमा 

वासिंगटन डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज साउदी अरबको भ्रमणमा

आजका लागि तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिँदै

बागलुङ– बागलुङको गाजा दह समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको

यातायातको सुविधाले म्याग्दीको ‘मालिकाधुरी’ यात्रा सहज

म्याग्दी- सडक, यातायातको सुविधासँगै म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमानास्थित

पर्यटककाे रोजाइमा भोजपुरको ‘डाग्बुङ पदमार्ग’

भोजपुर- रामप्रसादराई गाउँपालिकामा निर्माण भएको डाग्बुङ (गुराँस) पदमार्ग पर्यटकको रोजाइमा