सेन्ट्रल जोन खेल्ने महिला भलिबल टोली आज बंगलादेश जाँदै « Khabarhub

सेन्ट्रल जोन खेल्ने महिला भलिबल टोली आज बंगलादेश जाँदै


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बंगलादेशमा आयोजना हुने पहिलो संस्करणको एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज बंगलादेश जाने भएको छ ।

यही कात्तिक २१ देखि २९ गतेसम्म ढाकामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने टोलीलाई नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमन शर्मा, महासचिव जीतेन्द्रबहादुर चन्द, उपाध्यक्ष रञ्जन खड्कालगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए ।

नेपाली खेलाडीमा कप्तान अरुण शाहीसहित प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, रेश्मा भण्डारी, पुनम चन्द र सलिना श्रेष्ठ छन् ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, अफगानिस्तान, किर्गीस्तान, माल्दिभ्स र तुर्कमेनिस्तान सहभागी छन् । नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र एभिसी सेन्ट्रल जोनको तयारीका लागि नेपाली टोलीले थाइल्याण्डमा १९ दिन प्रशिक्षण गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ६ : ०६ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको