ककपिटमा बसेकी युवतीको तस्वीरले विमान चालकलाई आजीवन प्रतिबन्ध « Khabarhub

ककपिटमा बसेकी युवतीको तस्वीरले विमान चालकलाई आजीवन प्रतिबन्ध


२१ कार्तिक २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ककपिटमा एक महिलाले खिचेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि विमान चालकलाई आजीवन प्रतिबन्ध लगाइएको छ ।

आन्तरिक उडानमा रहेको एअर ग्वेयलिनको विमानभित्र यो तस्वीर खिचिएको सरकारी पत्रिका ग्लोबल टाइम्सले जनाएको छ।

गत साता चिनियाँ सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल भएपछि विमानसेवाले ती विमानचालकलाई विमान उडान आजीवन प्रतिबन्ध लगाइएको घोषणा गर्‍यो।

तस्वीर खिच्दा ती महिला हँसिलो मुद्रा देखिन्छिन् र उनको अगाडि खानेकुरा पनि देखिन्छ।

एअर ग्वेयलिनले एउटा विज्ञप्तिमार्फत् ककपिटमा ‘असम्बन्धित मानिसलाई लगेको’ भन्दै पाइलटले उड्डययन सुरक्षाका नियमहरू उल्लङ्घन गरेको जनाएको छ।

आइतवार ती महिलाले राखेको तस्वीरको स्क्रीनशट माइक्रोब्लगिङ साइट विबोमा थेरैले सेयर गरेका थिए।

उक्त पोस्टमा ती महिलाले तस्वीरसँगै ‘क्याप्टेनलाई धन्यवाद। निकै खुसी’ लेखेकी थिइन्। चिनियाँ समाचासंस्थाको वेबसाइटका अनुसार ती महिला ग्वेयलिन विश्वविद्यालयकी प्रशिक्षार्थी विमानपरिचारिका हुन सक्ने अनुमान गरिएको जनाएको छ।

सो विमानसेवाले उक्त तस्वीर उडान हुँदाहुँदै खिचिएको हो कि हैन त्यो स्पष्ट पारेको छैन। तर चिनियाँ विमानचालक तथा समीक्षकहरूले विमान उडिरहेकै बेला फोटो खिचिएको हुन सक्ने बताएका छन्।

गत वर्ष चीनकै डोङ्गाई विमानसेवाले एक विमानचालकले श्रीमतीलाई ककपिटमा प्रवेश गर्न दिएपछि उनलाई छ महिनाका लागि निलम्बन गरेको थियो।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार  ७ : ४३ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म