क्यान्सरबाट जोगिन डा.पियाका ५ टिप्स | Khabarhub Khabarhub

क्यान्सरबाट जोगिन डा.पियाका ५ टिप्स


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

क्यान्सर प्राणघातक र जटिल रोग हो । पहिले विकसित मुलुकमा बढी क्यान्सर हुने गरे पनि अब नेपालजस्ता गरिब मुलुकमा समेत बढ्दो सहरीकरण, प्रदूषण, नकारात्मक जीवनशैली, विषादी आदिको प्रयोगलगायतका कारण यो समस्या बढिरहेको छ । स्वस्थकर जीवनशैली अपनाएर दीर्घ जीवन पाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार क्यान्सरका ३०–५० प्रतिशतसम्मका रोगलाई जीवनशैलीमा स्वस्थकर परिवर्तन गरेर रोकथाम गर्न सकिन्छ। त्यसैले जीवनशैलीमा परिवर्तन गर्न जरुरी छ ।

डब्लूएचओका अनुसार विश्वव्यापी रूपमा क्यान्सर मृत्युको दोस्रो प्रमुख कारक हो । सन् २०१८ मा अनुमानित ९६ लाख मृत्युका लागि क्यान्सरलाई जिम्मेवार मानिएको छ। विश्वव्यापी रूपमा छमध्ये एउटा मृत्यु क्यान्सरले गर्दा हुन्छ तर हालका दिनमा क्यान्सरले हुने ७० प्रतिशतजति मृत्यु निम्न र मध्यम आय भएका मुलुकमा हुने गरेको छ।

के हो क्यान्सर ?

शरीरको कुनै पनि खण्डलाई प्रभावित गर्न सक्ने क्यान्सर रोगको एउटा ठूलो समूहको सामान्य नाम हो । हाम्रो शरीरका सबै अंग कोषले बनेका हुन्छन्। तीव्र गतिले बढ्ने असामान्य कोषिकाले गर्दा क्यान्सर हुन्छ।

क्यान्सर कोषिकामा शुरु हुन्छ। सामान्यत: शरीरले हामीलाई आवश्यकता भएअनुसार मृत पुरानो कोषिकालाई प्रतिस्थापन गर्दै नयाँ कोषिका निर्माण गर्छ तर कहिलेकाहीं यो प्रक्रिया गलत हुन्छ। नयाँ कोषिका त्यतिखेर समेत बढ्दै जान्छ, जब हामीलाई त्यसको आवश्यकता हुँदैन।

अर्कातिर, पुरानो कोषिका जतिखेर मर्नुपर्ने हो, त्यतिबेला मर्दैन। यसले अतिरिक्त कोषिकाको एउटा थुप्रो बनाउँछ, जसलाई गाँठो अर्थात टयुमर भनिन्छ तर सबै असामान्य वृद्घि वा गाँठो क्यान्सर भने हुँदैन।

नसर्ने रोगमध्ये क्यान्सर सबैभन्दा खतरनाक मानिन्छ। शुरुकै अवस्थामा थाहा नहुने र थाहा भइहाले पनि उपचार खर्च अत्यन्त महंगो हुनाले क्यान्सर तनावकाे कारण बन्छ।

कतिपय क्यान्सर वंशाणुगत भए पनि केही क्यान्सर भने हाम्रो आनीबानी, जीवनशैली र खानेकुराका कारण लाग्ने गर्छ। क्यान्सरबाट जोगिन सवैभन्दा पहिले जीवनशैलीलाई परिवर्तन गर्नुपर्ने हुन्छ । क्यान्सरबाट जोगिन क्यान्सर विशेषज्ञ डा. मदन पियाका केही टिप्स–

  • धूमपानबाट टाढा रहने।
  • मद्यपानकोे मात्रा कम गर्ने।
  • नियमित शारीरिक व्यायाम गर्ने।
  • वातावरणीय प्रदूषणबाट टाढा रहने।
  • जीवनशैलीलाई व्यवस्थित गर्ने।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : ४९ बजे

अस्ट्रेलियामा भेटियो सिङ भएको मौरी, नाम राखियो ‘लुसिफर’

सिड्नी– अस्ट्रेलियामा अहिले सिङ भएको मौरी भेटिएको छ । वैज्ञानिकहरूले

संसद् विघटनविरुद्ध वसन्तपुरमा एमालेको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेले संसद् विघटनविरुद्ध काठमाडौंको वसन्तपुरमा मंगलबार प्रदर्शन गरेको

स्वास्थ्य क्षेत्रका कार्यक्रम र बजेटमा दोहोरोपना हटाउनुपर्नेमा जोड

पाटन – स्वास्थ्य सेवाका क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहले

डोल्पो समाज गुम्वामा शान्ति पूजाको आयोजना

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा शान्ति पूजाको

त्रिविको जग्गा फिर्ता ल्याउने प्रक्रियामा प्रधानमन्त्रीद्वारा प्रगति माग

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता