जाडोमा पनि डेंगुको जोखिम, साउन यता १४ हजार ६ सय ६२ जना संक्रमित « Khabarhub

जाडोमा पनि डेंगुको जोखिम, साउन यता १४ हजार ६ सय ६२ जना संक्रमित


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन यता मुलुकभर १४ हजार ६ सय ६२ जना डेंगुबाट संक्रमित भएको जनाएको छ ।

साउन १ गतेदेखि कार्तिक १८ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले मुलुकभर साढे तीन महिनाको अवधिमा सो संख्यामा मानिसहरु डेंगुबाट संक्रमित रहेको जनाएको हो ।

महाशाखाका अनुसार यो साढे तीन महिनाको अवधिमा प्रदेश १ मा १ हजार २ सय ४२ जनामा डेंगु देखिएको छ । त्यसैगरी प्रदेश २ मा २ सय ६८, प्रदेश ३ मा ७ हजार १ सय ५१, गण्डकी प्रदेशमा ३ हजार ८ सय ७, प्रदेश ५ मा १ हजार ९ सय ७७, कर्णाली प्रदेशमा ७३ जना र सुदूरपश्चिम प्रदेशमा १ सय ४० जनामा डेंगुको संक्रमण महाशाखले जनाएको छ ।

महाशाखाका अनुसार यो वर्ष डेंगुका कारण ६ जनाले ज्यान गुमाएका छन् । काठमाडौंमा दुई जना, सिन्धुपालचोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाले डेंगुको संक्रमणबाट ज्यान गुमाएका हुन् । महाशाखाको पछिल्लो तथ्यांक अनुसार

सो अवधिमा सवैभन्दा बढी प्रदेश ३ को चितवनमा ३ हजार ३ सय ७८ जनामा डेंगु देखिएको छ । त्यस्तै दोस्रोमा गण्डकी प्रदेशको कास्कीमा २ हजार ८ सय ३ जना छन् ।

काठमाडौंमा पनि १ हजार ५ सय ८३ जनामा डेंगु देखिएको छ । त्यस्तै प्रदेश पाँचको रुपन्देहीमा १ हजार ४ सय २१ जना डेंगुबाट संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १० : २८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको