कास्की उपचुनाव– विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता « Khabarhub

कास्की उपचुनाव– विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की क्षेत्र नम्बर दुईमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराइले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छिन् ।  भट्टराईको समर्थकमा प्रभा कोइराला र प्रस्तावक मा कृष्णबहादुर थापा रहेका छन् ।

उनले एक नम्बरमा नै उम्मेदवारी दर्ता गरेकी हुन् । भट्टराई पूर्व मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन् ।

त्यसैगरी साझा पार्टीका तर्फबाट रजनी केसीले उमेदवारी दर्ता गराएकी छन् ।

स्वतन्तमा कमलजंग कुँवर र यज्ञप्रसाद पंगेनीले उमेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस बीपीका चन्द्रबहादुर रानाभाट र विवेकशील नेपाली जमुना शर्माले उमेदवारी दर्ता गराएका छन् ।

यसअघि २०७४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट भट्टराईका पति रवीन्द्र अधिकारीले निर्वाचन जितेका थिए । अधिकारीको गत फागुन महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि सो क्षेत्रमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : १८ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त