वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो « Khabarhub

वीरेन्द्रनगरले फुटपाथका संरचना हटायो


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बजारको सौन्दर्य बिगारेको भन्दै वीरेन्द्रनगर नगरपालिकाले फुटपाथमा सञ्चालित पसल हटाएको छ । मङ्गलगढी चोक, बसपार्कलगायतका क्षेत्रमा फुटपाथ व्यवसायीले सडक, चोक अतिक्रमण गरी बनाइएका संरचना नगरपालिकाले हटाएको हो ।

मुख्य चोक, सडक क्षेत्रमा पसल व्यवसाय सञ्चालन गर्दा प्रदेश राजधानीको सौन्दर्य झन् कुरुप बन्न पुगेको थियो । नगरपालिकाले सोमबारदेखि दुई डोजर प्रयोग गरेर फुटपाथमा बनाइएका व्यावसायिक संरचना हटाउन शुरु गरेको हो ।

विकल्पबिनै आफूहरुले वर्षौंदेखि सञ्चालन गर्दै आएको स्थानमा डोजर चलाएपछि व्यवसायी आक्रोशित बनेका छन् । मङ्गलगढी चोकमा ठेलामा कस्मेटिक पसल सञ्चालन गर्दै आउनुभएकी पार्वती पौडेलले नगरपालिकाले तत्काल व्यापारिक स्थानको व्यवस्था गर्नुपर्ने बताइन ।

फुटपाथ व्यवसायीले कर तिर्नुका साथै फोहरमैलाको व्यवस्थापन आफैँले गर्ने गरेको बताएका छन् । व्यवसाय सञ्चालन गरेवापत व्यवसायीले नगरपालिकालाई मासिक ३ सय र सरसफाइ शुल्क १ सय रुपैयाँ तिर्दै आएका थिए ।

नगरपालिका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले फुटपाथ व्यवसायीको माग सम्बोधन गरिने बताए । उनका अनुसार सडकमा व्यवसाय गर्ने ७ सयभन्दा व्यवसायी छन् । तीमध्ये ८८ ले मात्र व्यावसायिक विवरण भरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  १२ : २४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु