अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन « Khabarhub

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक र समान अधिकारका लागि एकीकृत दलित आन्दोलन, समाजवादको आधार निर्माणको लागि संविधान संशोधन’ देशका विभिन्न भागमा विविध कार्यक्रम गरी मनाइँदै छ । 

आज साँझ माइतीघरमण्डलमा दीप प्रज्ज्वलनको कार्यक्रम छ । त्यसैगरी आज बिहान यहाँ र्‍याली आयोजना गरिएको थियो । राष्ट्रिय दलित आयोग र दलित सङ्घसंस्थाले आज ‘दलित समुदायको न्यायमा पहुँचका लागि राज्य संरचनाको प्रभावकारी पहिचान’ शीर्षकमा छलफल पनि कार्यक्रमको आयोजना गरेको छ ।  नेपालमा दलित समुदायमाथि हुने जातीय भेदभाव तथा छुवाछूत अझै कायम रहेको गुनासो दलित समुदायका अगुवाहरूले गरेका छन् ।

यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचित गणेश विकले इनिषा बिक प्रकरणलगायत देशका विभिन्न स्थानमा भएका घटनाको छानविन गरी दोषीमाथि कारबाहीका लागि माग गर्दै यस्ता घटना हुन नदिने अवस्था सिर्जना गर्न निरन्तर सङ्घर्षमा लामबद्ध हुन सम्बद्ध सबैलाई आह्वान गरेकी छन् । 

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १ : ३१ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष