नगरपालिकाले दियो आफ्नै वडाअध्यक्षसहित १० जना विरुद्ध किटानी जाहेरी « Khabarhub

नगरपालिकाले दियो आफ्नै वडाअध्यक्षसहित १० जना विरुद्ध किटानी जाहेरी


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पुर्‍याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ ।

बनेपा नपाका–९ ठकुरीगाउँस्थित आफ्नै कृषि फार्ममा फोहरमैला व्यवस्थापन गर्न मेशिन राख्ने स्थान तयारी गर्ने क्रममा गत सोमबार डोजर लैजाँदा वडाध्यक्ष सुवालको नेतृत्वमा अवरोध पुर्‍याएको जनाउँदै किटानी जाहेरी दिइएको हो ।

नपाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई अवसर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पुर्‍याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरिएको थियो ।

“वडाध्यक्ष सुवालसहित १० जनाविरुद्ध शान्तिसुरक्षामा खलल पुर्‍याइ तोडफोडमा उत्रिएको आरोपमा जाहेरी आएको छ”, जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले भने ।

उनका अनुसार जाहेरीमा शान्तिसुरक्षामा खलल पुर्‍याउन भेला गराई तोडफोड गरेकाले दफा ६० को परिच्छद–२ अनुसार कारवाहीको माग गरिएको छ । स्थानीयले अवरोध पुर्‍याएपछि भीडलाई तितरवितर पार्न सुरक्षाकर्मीले छ सेल अश्रुग्यास प्रहार गरेको थियो । त्यसलगत्तै भएको झडपमा पाँच जना स्थानीय सामान्य घाइते भएका थिए ।

प्रहरीले तोडफोडमा संलग्न स्थानीय डम्बरबहादुर घिसिङ (सङ्घर्ष समिति अध्यक्ष)लाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी नायब उपरीक्षक गिरीले भने, “अनुसन्धानका लागि आरोपित अन्यको खोजी कार्य भइरहेको छ ।” बनेपाको फोहर व्यवस्थापनका विषयमा गत हप्ता जिल्ला समन्वय समितिको कार्यालयमा भएको सर्वदलीय, पक्षीय छलफलका सहभागीले उक्त स्थानमा वातावरण प्रदूषणमुक्त मेशिन राख्न सहमत भएका थिए ।

यसैबीच आज बिहान नपा कार्यालयमा जिसस प्रमुख उद्धव केसीको अध्यक्षतामा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला सुरक्षाप्रमुख तथा कर्मचारी सम्मिलित बैठकले फोहर व्यवस्थापन गर्ने भनिएको स्थानमा पुनःकाम शुरु गर्ने, वातावरण परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउने, प्रतिवेदनपछि फोहर व्यवस्थापनको काम शुरु गर्ने निर्णय गरेको छ ।

आजै पक्राउ गरिएका घिसिङको रिहाइको माग गर्दै स्थानीय महिलाले नगर कार्यालयको गेटमा प्लोकार्डसहित धर्ना दिएका छन् भने नेपाली काङ्ग्रेससहित केही दलले थप बृहत् छलफल गरी फोहर व्यवस्थापनका लागि उचित स्थान छनोट गर्न सुझावसहित जिल्ला प्रशासन कार्यालय धुलिखेलमा ज्ञापनपत्र बुझाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : १७ बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी