कास्की २ मा बढ्यो चुनावी सरगर्मी « Khabarhub

कास्की २ मा बढ्यो चुनावी सरगर्मी


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपालीको महान् चाडबाड सकिएसँगै चुनावी वातावरणले फेरि कास्कीको वातावरणमा रौनकता थपिरहेको छ । आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको वातावरण तातिरहेको छ ।

को उम्मेदवार हुने र कसले जनताको मन जितेर आफ्नो पोल्टामा विजयको माला लगाउने भन्ने चर्चा परिचर्चासँगै राजनीतिमा देखिएको नयाँ आयामको बहससमेत भइरहेको छ । राजनीतिमा पुरानो पृष्ठभूमिका अग्रजदेखि नयाँ र युवा उम्मेदवारको कारणले पनि कास्कीमा चुनावी चर्चा बढी भइरहेको छ ।

कास्कीमा हालसम्म ६ पार्टीले मात्रै औपचारिक रुपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । नेकपाले विद्या भट्टराई, नेपाली कांग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी, विवेकशील नेपाली दलले जमुना शर्मा, राप्रपाले रोम भण्डारी र समाजवादी पार्टीले धर्मराज गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।

उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीका ठूला तथा साना दलले निर्वाचन अभियानलाई तीव्र बनाएका छन् । यसै सन्दर्भमा नेकपाका उम्मेदवार भट्टराईले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको जन्म स्थान भरतपोखरीबाट अग्रजको आशीर्वाद लिएर चुनावी अभियानको शुरुवात गरेकी छन् ।

कांग्रेसले मनोनयन दर्तापछि चुनावी अभियानलाई व्यापक बनाउने बताएको छ । त्यसैगरी साझा, विवेकशील, राप्रपा र समाजवादीले पनि निर्वाचन परिचालन समिति बनाएर आफ्नो चुनावी अभियानलाई सशक्त बनाएको बताएका छन् ।

उक्त क्षेत्रमा ७१ हजार ८७१ मतदाता तथा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : २३ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र