नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने | Khabarhub Khabarhub

नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वकप २०२२ तथा एएफसी एसिया कप २०२३ को छनौटअन्तर्गत नेपाल र कुवेतबीचको खेल काठमाडौंमा नहुने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको निरीक्षण पछि उक्त मैदानमा खेल सञ्चालन गर्न नसकिने जनाएको हो ।

एएफसीले बिहीबार मात्रै नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेखेर नेपाल र कुवेतबीचको खेल काठमाडौंमा गर्न नसकिने जानकारी दिएको हो ।

नेपाल र कुवेतबीचको खेल आगामी मंसिर ३ गतेका लागि तोकिएको छ ।

कुवेतसँगको ‘होम’ गेमका लागि नेपालले दशरथ रंगशालालाई एउटा मात्रै ‘भेन्यु’मा राखेको थियो ।

एन्फाले कुवेतसँगको खेल घरेलु मैदानमै सञ्चालनका लागि भनेर एएफसीलाई पत्राचार गरेको थियो । एन्फाको पत्राचारपछि यही सोमबार एएफसीको एक टोलीले दशरथ रंगशालाको स्थलगत निरीक्षण गरेको थियो । तर, निरीक्षणको क्रममा नै एएफसीको टोलीले दशरथ रंगशालाको अवस्था र जारी तयारीप्रति असन्तुष्टि जनाएको थियो ।

एएफसीले पठाएको पत्रमा दशरथ रंगशालाको मैदान खेल सञ्चालनका लागि उपयुक्त नभएको उल्लेख गरिएको छ ।

एन्फाका प्रवक्ता किरण राईले कुवेतसँगको खेलका लागि ‘न्युट्रल भेन्यु’ खोजिने जनाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : ३७ बजे

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो

साउने सोमबार पशुपतिनाथ दर्शनमा आउनेलाई निःशुल्क यातायात सेवा दिइने

काठमाडौं – यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले

तीन महिनामा करिब तीन सय सर्पदंशका बिरामी

चितवन – चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना

पाकिस्तानबाट एक हजार बढी अफगान शरणार्थी स्वदेश फर्किए

काबुल – ईरान र पाकिस्तानबाट एक हजार ५७६ अफगान शरणार्थी