पेस्तोल र गोलीसहित काठमाडौंको चोभारबाट ३ लुटेरा पक्राउ « Khabarhub

पेस्तोल र गोलीसहित काठमाडौंको चोभारबाट ३ लुटेरा पक्राउ


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चोभरबाट ३ जना लुटेराहरु हतियारसहित पक्राउ परेका छन् ।

केही समय अगाडि काठमाडौंका विभिन्न ठाउँमा हुने गरका लुटपाटका घटनामा संलग्न व्यक्ति पक्राउ परेका महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सहकूल थापाले खबरहबलाई जानकारी दिए ।

थापाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपाकिला–१४ का मनोज बस्नेत तथा देवेन्द्र भण्डारी र काठमाडौंको कीर्तिपुर नगरपालिका बस्ने सुमन खड्का छन् ।

उनीहरुको साथबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोली बरामद भएको एसएसपी थापाले जानकारी दिए ।

बा १७ च ८३६४ नम्बरको कारमा सवार रहेका उनीहरुलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको थापाले जानकारी दिए । थापाका अनुसार उनीहरुको राथबाट लागू औषधसमेत बरामद भएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  २ : ५४ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि