‘प्रेमगीत ३’ को मोसन पोस्टरमा यस्तो देखिए प्रदीप « Khabarhub

‘प्रेमगीत ३’ को मोसन पोस्टरमा यस्तो देखिए प्रदीप


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वर्षको अन्त्यमा प्रदर्शनमा आउन लागेको प्रतीक्षित फिल्म ‘प्रेमगीत ३’ को मोसन पोस्टर रिलिज भएको छ । फ्लोरमा जाने तयारीमा जान लागेको निर्माण टिमले फिल्मको मोसन पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा अभिनेता प्रदीप खड्काको योद्धा अवतार देख्न सकिन्छ । पोस्टरले फिल्मप्रति दर्शकको चासो बढाएको छ ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा क्रिष्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, माओत्से गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।

आसुशेन फिल्मको ब्यानरमा निर्माण हुने यो फिल्ममा हिमाल केसीको एक्सन, राजेश श्रेष्ठको डीओपी, वनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

२ सय वर्ष पुरानो कथा समेटिएको फिल्मलाई ‘निषेध गरिएको प्रेमकथा’ भनिएको छ । फिल्म चैत २८ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ३ : ३६ बजे

भोटेकोशी-त्रिशूली वितन्‍डाको समयक्रमः तिब्बतमा बाढी पसेपछि नेपालमा भूकम्प, अरु के के भयो ?

काठमाडौँ – जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको जलविज्ञान तथा

आज २०८३ साल भदौ ११ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ११ गते बिहीबार सन् २०२६

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी