शुरु भयो ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव' | Khabarhub Khabarhub

शुरु भयो ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ आजदेखि वीरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

कार्तिक २३ गतेसम्म चल्ने महोत्सवमा भारतीय अभिनेता गोविन्दाको पनि उपस्थिति छ । वीरगञ्जमा नेपाली कलाकारको पनि बाक्लो उपस्थिति छ । सम्भवतः कुनै पनि महोत्सवमा कलाकारको यति ठूलो सहभागिता हुनु यो पहिलो हो ।

३ दिनसम्म चल्ने महोत्सवमा चर्चित कलाकारहरुको उपस्थिति रहेको छ । महोत्सवमा नीर शाह, झरना थापा, दीपकराज गिरी, बसुन्धरा भुसाल, भुवन चन्द, सुनील थापा, वर्षा शिवाकोटी, विराज भट्ट, सरोज खनाल, निकिता चण्डक, निरुता सिंह लगायत कैयन् कलाकारको उपस्थिति छ ।

महोत्सवको पहिलो दिन कलाकारले वीरगञ्ज बजारमा प्रभात फेरी गरेका थिए । नेपाल चलचित्र निर्माता संघको मूल आयोजनामा भएको यो कार्यक्रममा सञ्चारमन्त्री गोकुल बाँस्कोटा तथा प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियार लगायतको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : ३३ बजे

अग्निीपीडितलाई नगरपालिकाको सहयोग

सिरहा– सिरहाको लहान नगरपालिका–१७ का आगलागीपीडित रामदेव राम र रामेश्वर

के मुख खोलेर सुत्नु खतरनाक हुन्छ ?

काठमाडाैं- हामी धेरैलाई आफ्नो मुख खोलेर सुत्नु ठूलो कुरा हाे जस्तो

कुवेत लगेर मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव

मंगोलियाको जंगलमा आगलागी बढ्यो

काठमाडौं– मंगोलियामा यस वर्ष सन् २०२४ को सुरुदेखि ५२ वटा

झलनाथ खनाललाई प्रश्न : एकीकृत समाजवादी पनि फुट्न लागेको हो ?

काठमाडौं– सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झालनाथ खनालले