आलमको थुनछेक बहस सकिएन, बिहीबार पनि प्रहरी हिरासतमै रहने « Khabarhub

आलमको थुनछेक बहस सकिएन, बिहीबार पनि प्रहरी हिरासतमै रहने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त मोमम्मद अफताब आलमको थुनछेक बहस शुक्रबार पनि जारी हुने भएको छ ।

बिहीबार दिउँसोदेखि बहस शुरु भएकोमा अदालती समय सकिएपछि भोलि (शुक्रबार)का लागि बहस सारिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

बिहीबार नेपाल सरकारका तर्फबाट ३ जना सरकारी वकिलले बहस गरे ।

बिहीबार महान्यायाधीवक्ताको कार्यालयबाट गएका सहन्यायाधीवक्ता सूर्यराज दाहाल, उपन्यायाधीवक्ता अर्जुनप्रसाद कोइराला र जिल्ला सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधीवक्ता खडिन्द्रराज कटुवालले बहस गरे ।

अब बादी (नेपाल सरकार)का तर्फबाट २ जना सरकारी वकिलले बहस गर्न बाँकी रहेको श्रेस्तेदार पराजुलीले जानकारी दिए ।

आलमको तर्फबाट बहस गर्न भने २८ जना कानून व्यवसायीले आफ्नो वकालतनामा दर्ता गराएका छन् । यस्तै, जाहेरीकर्ता (पीडित) पक्षबाट बहस गर्नका लागि ९ जनाले वकालतनामा दर्ता गराएका छन् ।

बिहीबार बहस नसकिएका कारण आलमलाई शुक्रबार बिहान १० बजे उपस्थित गराउने गरी पुनः प्रहरी हिरासतमा पठाइएको छ ।

२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबी सहित सोमबार अभियोग पत्र दायर गरेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १ जनालाई मतियारको रुपमा प्रस्तुत गरी अभियोग पत्र दायर गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ४ : १६ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी