म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु « Khabarhub

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु


३१ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई आक्रमणमा ११ जना सर्वसाधारणको मृत्यु भएको विद्रोही लडाकुले शनिबार बताएका छन् । मृतकमा छ महिला र दुई बालबालिका पनि छन् ।

सन् २०२१ मा सैन्य ‘कू’ मार्फत नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्त गरिएयता म्यान्मा गृहयुद्धको चपेटामा छ ।मन्डाले सहरको दक्षिणपश्चिममा पर्ने येसाग्यो टाउनसिपस्थित विद्रोही समूह ‘पिपुल्स डिफेन्स फोर्स’ (पिडिएफ)को नियन्त्रणमा रहेका क्षेत्रमा शुक्रबार दिउँसो करिब २ः०० बजे हवाई आक्रमण भएको पिडिएफका सदस्य बो पावले बताए।

उनका अनुसार आक्रमणमा छ महिला र दुई बालबालिकासहित ११ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक वर्षको बालकसमेत रहेको उनले बताए, ती बालक भर्खरै हिँड्न सिक्दै थिए । यस घटनाबारे प्रतिक्रिया लिन सेनासँग सम्पर्क हुन नसकेको समाचारमा जनाइएको छ ।

सुरक्षाका कारण आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रत्यक्षदर्शीले आक्रमणपछि तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएको बताए । उनका अनुसार सडक छेउमा रहेका ती घरमा बम खसेको थियो ।

प्रत्यक्षदर्शीले साइकल चलाइरहेका ११ वर्षीय विद्यार्थीसहित सबै ११ जनाको घटनास्थलमै मृत्यु भएको बताए । द्वन्द्व अनुगमन संस्था ‘आम्र्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डेटा’ (एक्लेड)का अनुसार म्यान्मामा गृहयुद्ध सुरु भएयता एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सैन्य ‘कू’ पछि सेनाविरुद्ध पिडिएफको उदय भएको थियो। यससँगै लामो समयदेखि केन्द्रीय सरकारको विरोध गर्दै आएका विभिन्न जातीय अल्पसङ्ख्यक सशस्त्र समूह पनि द्वन्द्वमा सक्रिय भएका छन्।सुरुआती चरणमा सेनाविरुद्ध उल्लेखनीय सफलता हासिल गरेको पिडिएफ अहिले म्यान्माको दोस्रो ठूलो सहर मन्डाले आसपासका क्षेत्रमा रक्षात्मक अवस्थामा पुगेको बताइएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार  ९ : २८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया