भारतले भन्यो- नेपालको सीमाना मिचिएको छैन « Khabarhub

भारतले भन्यो- नेपालको सीमाना मिचिएको छैन


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको जनाएको छ । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग नपरेको जनाएको हो ।

बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएका हुन् ।

उनले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको जनाएका छन् । प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले भारतको नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल-भारत सीमा परिमार्जन नगरिएको जनाए । दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : १४ बजे

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग

जलयात्राले हतुवागढीसँग तराई क्षेत्रको दूरी छोटियो

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट बराहक्षेत्रसम्म पानीमा सञ्चालन हुने बोट

कोरला नाका जोड्ने कोवाङ–जोमसोम सडक अलपत्र

मुस्ताङ– यहाँस्थित उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडकअन्तर्गत मुस्ताङको थासाङ