भारतले भन्यो- नेपालको सीमाना मिचिएको छैन | Khabarhub Khabarhub

भारतले भन्यो- नेपालको सीमाना मिचिएको छैन


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आफ्नो नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको जनाएको छ । भारतले हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग नपरेको जनाएको हो ।

बिहीबार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएको हो।

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको बताएका हुन् ।

उनले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको जनाएका छन् । प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुइदेशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा सम्वादमार्फत समाधान खोज्ने प्रतिबद्धता समेत जनाएका छन् ।

उनले भारतको नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल-भारत सीमा परिमार्जन नगरिएको जनाए । दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : १४ बजे

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा