विपद् व्यवस्थापनमा अमेरिकाले थप सहयोग गर्ने | Khabarhub Khabarhub

विपद् व्यवस्थापनमा अमेरिकाले थप सहयोग गर्ने


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापासँग नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग नियोग (युएसएआईडी)का एसिया व्युरो, सहायक प्रशासक ग्लोरिया डी. स्टीले ले आज शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

गृह मन्त्रालयमा भएको भेटमा नेपालको बिभिन्न क्षेत्रमा युएसआईडीले गर्दै आएको सहयोग तथा आगामी दिनमा आवश्यक सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा भूकम्पपछिको पुननिर्माण लगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा थप सहयोगका लागि आग्रह गरे ।

गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण गठनको प्रक्रिया सुरु गरी प्राधिकरणका लागि प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान गरीसकेको जानकारी दिँदै गृहमन्त्री थापाले युएसएआईडीबाट प्राधिकरणका लागि आवश्यक सहयोग पाउने आशा व्यक्त गरे ।

भेटवार्तामा सहायक प्रशासक ग्लोरियाले नेपाल–अमेरिका सम्बन्धको चर्चा गर्दै नेपाललाई युएसआईडीले सहयोगको प्राथमिकतामा राखेको जानकारी दिइन् ।

उनले नेपाललाई दिँईदै आएको सहयोग निरन्तर रहने तथा नेपालको अपेक्षा अनुसार थप सहयोग विस्तार गर्न आफुहरु तयार रहेको बताइन् ।
सहायक प्रशासक ग्लोरियाले विपद् व्यवस्थापन प्राधिकरण गठन अन्तिम चरणमा पुगेको जानकारी पाउँदा आफुलाई खुशी लागेको जानकारी दिँदै प्राधिकरणलाई आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताइन् । भेटवार्तामा नेपालका लागि अमेरिकाका राजदुत ¥याण्डी बेरी पनि सहभागी थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : २० बजे

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ

काठमाडौं – काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

गाजा – गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा