विराज भट्टलाई वीरगञ्जमा फ्यानले घेरे | Khabarhub Khabarhub

विराज भट्टलाई वीरगञ्जमा फ्यानले घेरे


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ वीरगञ्जमा शुरु भएको ३ दिवसीय ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ मा पुगेका अभिनेता विराज भट्टलाई फ्यानले घेरेका छन् । भोजपुरी चलचित्रमा समेत अभिनय गरेका विराजको वीरगञ्जमा क्रेज देखिएको हो ।

चलचित्रमार्फत हिमाल, तराई र पहाड जोड्न सहयोग पुग्ने उद्देश्यले वीरगञ्जमा आयोजना गरिएको महोस्वमा आएका विराजलाई फ्यानले घेरेका हुन् । उनीसँग सेल्फी लिने र अटोग्राफ लिनेको भीड थियो ।

विराजले पनि फ्यानसँग खुशी बाँडे । चर्चित अभिनेताहरूलाई आफ्नै ठाउँमा भेट्न पाउँदा फ्यानहरु पनि खुशी देखिन्थे । स्कूले विद्यार्थीले पनि भट्टलाई भेटेर खुशी शेयर गरेका थिए ।

विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘साङ्लो’ रिलिज हुँदैछ । फिल्ममा विराज र निकिता चण्डकको जोडी देख्न सकिनेछ ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ५ : ४५ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई