अकुपाई टुँडिखेलका नाममा राजनीति नगरौं- मेयर शाक्य  « Khabarhub

अकुपाई टुँडिखेलका नाममा राजनीति नगरौं- मेयर शाक्य 


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अकुपाई टुँडिखेल अभियानलाई राजनीतिक रङ नदिन सुझाव दिएका छन् ।

बिहीवार शंखधर दिवसका अवसरमा काष्ठमाण्डप सामूदायिक अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा उनले अकुपाई टुँडिखेल अभियानलाई राजनीतिक स्वार्थ पूरा गर्ने अस्त्र बनाउन नहुने बताएका हुन् ।

‘अकुपाईँ टुँडिखेल’ अभियान सञ्चालन गर्ने तयारी गरेको जानकारी आएको छ,’ कार्यक्रममा बोल्दै मेयर शाक्यले भने ‘टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियानमा महानगरपालिका सकारात्मक छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राख्ने दायित्व महानगरपालिकाको पनि हो । तर, अभियानको बाहनामा केहीले राजनीतिक स्वार्थ पूरा गर्ने र जस लिने होडबाजी गरे भने त्यो राम्रो होइन ।’

हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन महानगरपालिकाले सक्दो प्रयास गर्ने भन्दै टुँडिखेलमा राजनीति नगर्न आग्रह गरे ।

मेयर शाक्यले भने ‘दरबार हाइस्कुल, धरहरा र विर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो । ती संरचनाका निर्माण पूरा हुँदैछन् । ती संरचना पूरा हुने वित्तिकै खुलामञ्च खाली हुन्छ ।’

मेयर शाक्यले संरचना निर्माण भएसँगै खुलामञ्च खाली हुने भएपछि त्यसको जस लिने होडबाजीमा अभियान सञ्चालन गरिएको त होइन भनी आशंका समेत व्यक्त गरे ।

उनले भने– ‘महानगरपालिका टुँडिखेललाई स्थायी वसपार्क बनाउने अभियानमा हिजो थिएन, आज छैन र भोलि पनि रहने छैन ।’

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ६ : १० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते