म्यानमारसँग नेपाल ३–० गोल अन्तरले पराजित | Khabarhub Khabarhub

म्यानमारसँग नेपाल ३–० गोल अन्तरले पराजित


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफ थप एक गोल खाँदै ३–० ले पराजित भयो । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले कुवेतविरुद्वको खेल अगाडी मैत्रीपूर्ण फुटबल खेलेको हो ।

म्यानमारका म्यीन्ट तुन अउङ्गले हेडिङ मार्फत खेलको तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल म्यानमारले पहिलो हाफको अतिरिक्त समयमा गरेको थियो । उक्त गोल डेभिड हटनले गरेका थिए । अन्तिम गोल म्यानमारले खेलको ६९ मिनेटमा गरेको थियो ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ ।नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेल जोर्डनसँग ३–० ले गुमाएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : १० बजे

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा