म्यानमारसँग नेपाल ३–० गोल अन्तरले पराजित « Khabarhub

म्यानमारसँग नेपाल ३–० गोल अन्तरले पराजित


२१ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफ थप एक गोल खाँदै ३–० ले पराजित भयो । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले कुवेतविरुद्वको खेल अगाडी मैत्रीपूर्ण फुटबल खेलेको हो ।

म्यानमारका म्यीन्ट तुन अउङ्गले हेडिङ मार्फत खेलको तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो गोल म्यानमारले पहिलो हाफको अतिरिक्त समयमा गरेको थियो । उक्त गोल डेभिड हटनले गरेका थिए । अन्तिम गोल म्यानमारले खेलको ६९ मिनेटमा गरेको थियो ।

छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ ।नेपाल समूहको चौंथो स्थानमा छ । यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अन्जन विष्टको दुई गोल मद्दतमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेल जोर्डनसँग ३–० ले गुमाएको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहीबार  ८ : १० बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात