सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै | Khabarhub Khabarhub

सागमा आज १५ खेलमा प्रतिस्पर्धा हुँदै


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज (आइतबार) विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

यी खेल काठमाडौं पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् । आज आर्चरी, बास्केटबल, बक्सिङ, क्रिकेट, फेन्सीङ, फुटबल, ह्यान्डबल, जुडो, पौडी, सुटिङ,स्क्वास, टेनिस, बीच भलिबल, भारोत्तोलन र कुस्तीमा प्रतिस्पर्धा हुनेछ ।

जसमा महिला क्रिकेट, भारोत्तोलन, बीच भलिबल, आर्चरी र ह्यान्डबल पोखरामा हुन्छ । कुस्ती जनकपुर र अन्य खेल काठमाडौंमा हुनेछ ।

आजका खेल कुन कुन
फुटबल : पुरुष फुटबलतर्फ आज नेपालले बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको विजेताले फाइनल पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।

भुटान यस अघि नै फाइनल पुगिसकेको छ । त्यसैले आज नेपाललाई फाइनल पुग्न कम्तिमा बराबरीको आवश्यकता हुनेछ । यदि पराजित भएको खण्डमा भने नेपालले कास्य पदकको लागि खेल्नेछ ।

क्रिकेट : क्रिकेट अन्तर्गत महिला क्रिकेटमा आइतबार स्वर्ण पदकको लागि टेष्ट राष्ट्र श्रीलंका र बंगलादेश भिड्दै छन् । नेपालले भने माल्दिभ्सलाई सहजै पराजित गर्दै कास्य पदक जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पुरुष क्रिकेटमा टेष्ट राष्ट्र श्रीलंका यू-२३ र बंगलादेश यू-२३ बीच प्रतिस्पर्धा हुनेछ । लिग चरणको अन्तिम खेल बिहान ११ बजे सुरु हुनेछ ।

एक खेल अगाबै श्रीलंका र बंगलादेश फाइनल पुगिसकेका छन् । घरेलु टोली नेपाल भने दुवै टेष्ट राष्ट्रसंग पराजित भएको थियो ।

सुटिङ : सागको आठौं दिन सुटिङतर्फ एक मात्रै खेल छ । सातदोबाटोस्थित सुटिङ हलमा एयर पेस्तोल खेल हुनेछ । दुई चरणमा खेलाईने खेलको फाइनल आइतबार नै हुनेछ ।

स्क्वास : स्क्वासतर्फ आज महिला पुरुष तथा टिम इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । सातदाबोटोस्थित स्क्वास हलमा हुने खेलमा नेपालले टिम इभेन्ट तर्फमात्रै खेल्नेछ । अन्य विधामा भने नेपाल यस अघिनै बाहिरिसकेको छ । फाइनल खेलमा भारत र पाकिस्तान भिड्नेछन् ।

जुडो : साग अन्तर्गत जुडोको खेल आजबाट शुरु हुँदैछ । आठौं दिनमा आएर शुरु भएको पहिलो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ । जसमा नेपालका ४ महिला तथा पुरुषतर्फ ३ खेलाडीले भाग लिनेछन् । खेल त्रिभुवन आर्मी क्लबको शारिरीक तथा प्रशिक्षण केन्द्रमा हुनेछ ।

बक्सिङ : बक्सिङमा आइतबार विभिन्न १४ तौल समूहको सेमिफाइनल खेल हुनेछ । जसमा नेपालले ६ तौल समूहमा प्रतिस्पर्धा गर्नेछ ।

भारोत्तोलन : भारोत्तोलनमा आइतबार पनि विभिन्न स्पर्धा हुनेछ । पोखरामा हुने खेलमा पुरुषको ३ र महिलाको २ स्पर्धा हुनेछ । पुरुष तर्फ १०२ केजी, १०९ केजी र १०९ केजी माथि तौल समुहको खेल हुनेछ । यस्तै महिलामा ८७ केजी र ८७ केजी माथिको तौल समुहका खेल हुनेछ ।

ह्याण्डबल : ह्याण्डबलमा आइतबार अन्तिम दिन स्वर्ण र कास्य पदकको लागि खेल हुनेछ । महिलातर्फको स्वर्णका लागि नेपाल र भारत खेल्ने छन् । पुरुषतर्फ भारतले पाकिस्तानको सामना गर्ने छ ।

महिलातर्फ कास्यको लागि बंगलादेश र पाकिस्तान भिड्ने छन् । पुरुषतर्फ बंगलादेश र श्रीलंका खेल्नेछन् ।

बास्केटबल : बास्केटबलमा आइतबार पनि लिग चरणको विभिन्न खेल हुनेछ ।आज नेपालले पुरुषमा माल्दिभ्ससँग खेल्ने छन् । महिलामा नेपालले भुटानसँग खेल्नेछ ।

यस्तै थ्री बाई थ्री बास्केटबलको महिलामा नेपालले श्रीलंका र भारतसँग खेल्नेछ । पुरुषमा नेपालले भारतसँग खेल्नेछ ।

पौडी : पौडीमा आज पनि विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

आर्चरी : आर्चरीमा आज विभिन्न खेलहरु हुने छ । आइतबार विभिन्न विधामा फाइनल खेल हुनेछ ।

फेन्सिङ : फेन्सिङमा आजदेखि टिम इभेन्टका प्रतिस्पर्धा शुरु हुनेछ । फेन्सिङमा अहिलेसम्म भारतले पाँच र बंगलादेशले एक स्वर्ण जितेको छ ।

टेनिस : टेनिसमा आइतबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा आज विभिन्न स्पर्धाको फाइनल खेल हुनेछ।

कुस्ती : कुस्तीको खेल जनकपुरमा आज पनि हुनेछ । कुस्तीमा नेपालले एक स्वर्ण जितिसकेको छ ।

बीच भलिबल : बीच भलिबलमा आज सेमिफाइनल र फाइनलका खेलहरु हुनेछन् । महिला र पुरुषमा दुवै तर्फ उपाधिका लागि खेल्ने छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ६ : ५४ बजे

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन

वेतन कर्णाली जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति पत्र प्रदान

काठमाडौं–  वेतन कर्णाली सञ्चयकर्ता जलविद्युत् कम्पनी लिमिटेडद्वारा कर्णाली नदीमा निर्माणाधीन ४३९