हिस्टेरिया हटाउनेदेखि स्मरणशक्ति बढाउनेसम्म बोझो किफायती « Khabarhub

हिस्टेरिया हटाउनेदेखि स्मरणशक्ति बढाउनेसम्म बोझो किफायती


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

तराईदेखि हिमालसम्मै पाइने बोझोमा धेरै औषधीय गुणहरु पाइन्छन् । आयुर्वेदमा बोझोको विशेष महत्व रहेको पाइन्छ ।

बोझो समुद्रीसतह देखि लगभग २००० मीटर उचाईसम्म पाइन्छ । बोझोको बोट दलदल परेको तथा सीमसार क्षेत्रमा पाइन्छ । खास गरी हिमाली क्षेत्रमा नदी तथा खोला किनारामा पाइन्छ ।

यो विरुवा जमीनमुनि रहेको काण्डबाट पलाएर आउँछ। काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएको हुन्छ । यसको स्वाद परपराउने पीरो र केही तीतो–तीतो हुने भएपनि वास्ना भने सुगन्धित हुन्छ ।

अङ्ग्रेजीमा स्वीट फ्ल्याग भनिने बोझोको वैज्ञानिक नाम अकोरस कालामस हो । यसको पात ५ देखि ४० से‍.मी.लामो र १ देखि ३ से. मी. चौडा हुन्छ । टुप्पो तीखो भएको हुन्छ भने काण्ड जमिनमुनी रहन्छ । यो काण्डलाई सजिलैसँग टुक्रा गर्न सकिन्छ। यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ ।

काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन् । यसको वासना सुगन्धित र स्वाद अलि परपराउने पीरो र तीतो हुन्छ। यो जडीबुटी रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ ।

हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलन गरिन्छ । संकलन गर्दा जमीनभित्र काण्डको केही भाग छोड्नु पर्दछ । जसले गर्दा विरुवा मासिने डर हुँदैन र यसै काण्डबाट अर्को वर्ष बोट आफै उम्रिन्छ ।

सामान्यताया बोझोको काण्ड र जरालाई धोएर मसिनो टुक्रा पारेर काटेर खाने गरिन्छ । तर यसलाई आवश्यकता अनुसार मात्रा मिलाएर खानुपर्छ । यदि बढी खाएमा स्वास्थ्यमा नकरात्मक असर पनि गर्न सक्छ ।

बोझोका औषधीय गुणहरु

-यदि घाँटी दुखेको वा ज्वरो आएको बेला बोझो खाएमा निको हुन्छ ।

-बोझोको नियमित सेवनले शरिरको जोर्नी दुखेको र पेट दुखेको पनि निको पार्छ ।

-यदिमा तपाईंमा मानसिक तनाव धेरै छ भने दैनिक बोझो खानुस्, विस्तारै कम हुन्छ ।

-बोझो हिस्टेरिया, अनिन्द्राको समस्या भएकाहरुका लागि अचुक औषधी हो ।

-बोझो नियमित खाएमा स्मरणशक्ति बढाउन मदत गर्छ ।

-त्यस्तै बोझोले उच्च रक्तचाप नियन्त्रण, दम रोगका साथै वान्ता आउनबाट पनि रोक्छ ।

– घाँटी बसेको निको पार्न, भोक जगाउन, पिनासको उपचार गर्न, बाथ, ज्वरो कफदोष आदि रोगहरुमा बोझोको काण्डलाइ प्रयोग गरिन्छ।

-पिसाब र दिसा लगाउन र उल्टी गराउन, पीडा कम गर्न रक्तचाप घटाउन र श्वासप्रश्वास गति कम गर्नुका साथै पेट दुखाइ कम गर्न पनि बोझोको प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ८ : ०९ बजे

शान्ति वार्ता फेरि सुरु गर्ने विषयमा अमेरिका–युक्रेनबीच छलफल

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विशेष दूत स्टिभ विट्कफ

संसद्‌मा अस्ट्रेलियाली प्रधानमन्त्रीको सम्बोधन, ‘यो दुःखमा नेपाल एक्लै छैन’ 

काठमाडौं– अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपालमा आएको विनाशकारी बाढीले निम्त्याएको विपत्तिप्रति गहिरो दुःख

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम– बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको