तराईदेखि हिमालसम्मै पाइने बोझोमा धेरै औषधीय गुणहरु पाइन्छन् । आयुर्वेदमा बोझोको विशेष महत्व रहेको पाइन्छ ।
बोझो समुद्रीसतह देखि लगभग २००० मीटर उचाईसम्म पाइन्छ । बोझोको बोट दलदल परेको तथा सीमसार क्षेत्रमा पाइन्छ । खास गरी हिमाली क्षेत्रमा नदी तथा खोला किनारामा पाइन्छ ।
यो विरुवा जमीनमुनि रहेको काण्डबाट पलाएर आउँछ। काण्ड जमीनमुनि समकोण भएर २० से.मी. देखि १ मी. सम्म फैलिएको हुन्छ । यसको स्वाद परपराउने पीरो र केही तीतो–तीतो हुने भएपनि वास्ना भने सुगन्धित हुन्छ ।
अङ्ग्रेजीमा स्वीट फ्ल्याग भनिने बोझोको वैज्ञानिक नाम अकोरस कालामस हो । यसको पात ५ देखि ४० से.मी.लामो र १ देखि ३ से. मी. चौडा हुन्छ । टुप्पो तीखो भएको हुन्छ भने काण्ड जमिनमुनी रहन्छ । यो काण्डलाई सजिलैसँग टुक्रा गर्न सकिन्छ। यसको भित्री भाग सेतो वा अलि गुलाफी रंगको हुन्छ ।
काण्डको माथिल्लो सतहमा मसिनो झुस हुन्छ र तल्लो सतहमा जरा झरी दाग बसेका हुन्छन् । यसको वासना सुगन्धित र स्वाद अलि परपराउने पीरो र तीतो हुन्छ। यो जडीबुटी रोपिएको एक वर्षपछि नै संकलन गर्न सकिन्छ ।
हरेक बसन्त ऋतुमा माटो मुनिबाट काण्ड संकलन गरिन्छ । संकलन गर्दा जमीनभित्र काण्डको केही भाग छोड्नु पर्दछ । जसले गर्दा विरुवा मासिने डर हुँदैन र यसै काण्डबाट अर्को वर्ष बोट आफै उम्रिन्छ ।
सामान्यताया बोझोको काण्ड र जरालाई धोएर मसिनो टुक्रा पारेर काटेर खाने गरिन्छ । तर यसलाई आवश्यकता अनुसार मात्रा मिलाएर खानुपर्छ । यदि बढी खाएमा स्वास्थ्यमा नकरात्मक असर पनि गर्न सक्छ ।
बोझोका औषधीय गुणहरु
-यदि घाँटी दुखेको वा ज्वरो आएको बेला बोझो खाएमा निको हुन्छ ।
-बोझोको नियमित सेवनले शरिरको जोर्नी दुखेको र पेट दुखेको पनि निको पार्छ ।
-यदिमा तपाईंमा मानसिक तनाव धेरै छ भने दैनिक बोझो खानुस्, विस्तारै कम हुन्छ ।
-बोझो हिस्टेरिया, अनिन्द्राको समस्या भएकाहरुका लागि अचुक औषधी हो ।
-बोझो नियमित खाएमा स्मरणशक्ति बढाउन मदत गर्छ ।
-त्यस्तै बोझोले उच्च रक्तचाप नियन्त्रण, दम रोगका साथै वान्ता आउनबाट पनि रोक्छ ।
– घाँटी बसेको निको पार्न, भोक जगाउन, पिनासको उपचार गर्न, बाथ, ज्वरो कफदोष आदि रोगहरुमा बोझोको काण्डलाइ प्रयोग गरिन्छ।
-पिसाब र दिसा लगाउन र उल्टी गराउन, पीडा कम गर्न रक्तचाप घटाउन र श्वासप्रश्वास गति कम गर्नुका साथै पेट दुखाइ कम गर्न पनि बोझोको प्रयोग गरिन्छ ।
प्रतिक्रिया