गढीमाई मेला : इतिहासदेखि वर्तमानसम्म « Khabarhub

गढीमाई मेला : इतिहासदेखि वर्तमानसम्म

३५ हजार राँगा र हजारौ बोकाको बलि



बारा- प्रत्येक ५ बर्षमा लाग्ने चर्चित गढीमाई मेला अहिले चलिरहेको छ । यो मेला प्रदेश नम्बर २ को ३ वटा जिल्लाका ११ स्थानमा लाग्ने गर्छ ।

यस अघि जस्तै अहिले पनि मध्य तराईका रौतहटको ७, सर्लाहीको २ र बाराको २ गरी ११ स्थानमा मेला लागिरहेको छ।

यतिबेला मेला क्षेत्रमा भक्तजन तथा दर्शकहरुको ठूलो भीड लागेको छ। मेलामा नेपाल मात्र नभई छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरुको घुईंचो लागेको छ । सबैभन्दा बढी बलि चढाउने भएकाले बाराको वरियारपुर–२ स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा पाएको छ।

पशु अधिकारकर्मीहरूले पशुबलि प्रथाको विरोध जनाउँदै आए पनि परम्परागत मान्यता र भाकल पूरा गराउन सर्वसाधारणले बलि दिने गरेका छन्।

यहाँ मुसा, परेवा, बोको, राँगो र खरायो गरी पाँच जन्तुलाई पञ्चबलि चढाएपछि सर्वसाधारणले भाकलअनुसार बलि चढाउने गर्छन्।

यतिमात्र होइन, यहाँ तान्त्रिक दुखा धामीले आफ्नो शरीरको ५ स्थानबाट रगत निकालेर चढाएरपछि बलि खुल्छ । यस पटक पनि तान्त्रिक दुखा धामीले आफ्नो शरीरको निधार, कान, जिब्रो, दाहिने छाती, दाहिने तिघ्रा गरी ५ अंगबाट रगत निकालेर चढाएपछि बलि शुरु भएको थियो ।

भक्तजनहरुले बलिका लागि ल्याईएका रागालाई ब्रम्हस्थान सँगैको वंधशालामा संकलन गरेका थिए । यसरी संकलन गरिएका राँगालाई गढीमाई पुजा ब्यवस्थापन समितिले तोकेका ३ सय जना स्वंयम सेवकहरुले धारिलो घरेलु हतियार, खुडा, खुकुरी, तरवारले शीर छेदन गरी बलि दिने गरेका छन् ।

३५ हजार बढी राँगा र हजारौं बोकाको बलि

यस वर्ष पनि ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बलि भएको गढीमाई पुजा ब्यवस्थापन समितिले जनाएको छ । बोका, राँगाको बलि नदिने भक्तजनहरुले भने परेवा उडाउने गर्छन् ।

गढीमाई मन्दिर सञ्चालन तथा विकास समिति वरियारपुर र महागढीमाई नगरपालिका वरियारपुर बाराद्धारा संयुक्त रुपमा दशैंको घटस्थापना दिन शोभा यात्रा गरेको थियो । मेला, पुजालाई ब्यवस्थित बनाउन विभिन्न समिति उपसमिति समेत गठन गरी परिचालन गरेको छ ।

पूजा गर्न, मेला भर्न आउने तिर्थ यात्रीलाई सुविधाको लागि दुई सय भन्दा बढी स्थानमा ठुला ठुला टेन्ड बनाएका छन् । खानपानीका उचित ब्यवस्था संगै शौचालयको समेत ब्यवस्थाप गरेको छ ।

यही मंसिर १ गतेबाट शुरु भएको गढीमाई मेला मंसिर महिना भरी लाग्नेछ । त्यसैगरि मेला र भक्तालु , पर्यटकहरुलाई सुरक्षाका लागि बेला अवधिभर नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकमा प्रहरी खटिएको छ । मेला अवधिभर डेढ करोड भन्दा बढीले मेला भर्ने अनुमान गढीमाई मेला ब्यवस्थापन समितिको अनुमान छ ।

यस्तो छ गढीमाईको धार्मिक किम्वदन्ति

किम्बदन्ति अनुसार, हत्या अभियोगमा जेल परेका भगवान दास थारुले जेलबाट छुटकारा पाएपछि फर्किदा ल्याएकोे त्रिसुल गाढेको स्थानमा अहिले गढिमाई मन्दिर छ । तिनै थारुका सन्तानबाट १० औं पुस्ताका मंगल चौधरी हाल मन्दिरका मुल पुजारी रहनुले १७ आंै सताव्दी देखि चलेको यो किम्बन्तिले श्रद्धालु, भक्तजनहरुका लागि आस्था र जनविश्वास बढाएको हो ।

जेल घरमा राति निदाएको बेलामा सपनामा आएकी मकवापुरगढीकी तुलजा भवानी अर्थात गढीमाईले मलाई तिम्रो गाउमा लैजाउ, अनि मात्र तिमी जेल मुक्त हुनेछौ र तिम्रा सारा दुः ख पीडा समेत हरेर जानेछ । भनेर हत्या अभियोगमा जेलमैं सजाय भोगि रहेका भगवान दास थारुलाई सपनामा दर्शन दिनु भएपछि जेलमुक्त भएका थारुले भवानीले दिएको त्रिशुल बाराको वरियारपुरमा ल्याएर गाढेका किम्वदन्ती छ । तिनै थारुका वंशजले त्यसै बेलादेखि गढीमाई मन्दिरको रेखदेंख र पूजाआजा गर्दै आएको बताईन्छ ।

गढीमाईमा पाँच वर्षे बलि यसरी शुरु हुन्छ

तिथि अनुसार मार्ग शुक्ल सप्तमीका दिन मन्दिरका मुल पुजारीले तान्त्रिक विधिद्धारा सेतो मुसा, परेवा, हास, सुङ्गुर र राँगा समेतको गरी पन्चवली दिएपछि मन्दिरमा सर्वसाधारणको लागि पनि वली खुल्ला हुने मन्दिरका मुल पुजारी मंगल चौधरीले बताउँछन् ।

‘मान्छेको शरिरको ४ अंगबाट रगत चढाईन्छ । जसलाई नर वली भनिन्छ । नर बलिका लागि रौतहट सिम्रीका दुखा धामीले गढीमाईको विशेष पुजा, आराधानासँगै अन्य गढीमाईका मुल पुजारी, पुजारीहरुका साथमा रही आफ्नो शरीरबाट रगत निकाली नर वली स्वरुप रगत चढाउँदै आएका छन् ।

‘यस अघि रातभर पुजा हुन्छ । पुजा, आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफै बत्ती बल्छ र पञ्चबलि हुन्छ’- मुल पुजारी मंगल चौधरीले सुनाए ।

हिन्दू धर्म संस्कृतिमा पशु बलिलाई शक्तिसग जोडेर हेर्ने प्रचलन सदियौदेखि रही आएको छ । शक्तिकी देवीलाई खुसी पार्न बलि अनिवार्य भएको परापूर्वकालदेखि नैं मानिदै आएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : १० बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ