चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन « Khabarhub

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन


२४ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष बित्दा पनि पूरा नहुने अवस्थामा पुगेपछि जनप्रतिनिधि आफैँ असन्तुष्ट भएका छन् ।

ढिलासुस्तीका कारण नगरपालिका भाडाको घरमा बस्दै आएको छ । जैमिनी नगरपालिका–१ कुश्मीसेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ । नगरपालिकाले बाध्य भएर निर्माण व्यवसायीको म्याद थप्दै आएको छ ।

निर्माण कम्पनी रविना–प्राकृतिक–जुगल जेभीले तोकिएको समयभित्र काम सम्पन्न गर्न नसकेपछि भवन निर्माणको म्याद चौथोपटक थपिएको छ । तेस्रोपटक थपिएको म्याद सकिएपछि नगरपालिकाले थप चार महिनाको समय दिएको हो ।

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार गत असार १५ गते तेस्रोपटक थपिएको म्याद सकिएपछि कार्यपालिकाको बैठकले २०८३ कात्तिक १५ गतेसम्म भवन निर्माण सम्पन्न गर्ने गरी चौथोपटक म्याद थप गरिएको थियो ।

‘हामीले ताकेता गर्दा पनि भवन सकिने अवस्थामा छैन । यही अवस्थामा चौथोपटक थप गरिएको समयमा पनि पूरा हुने अवस्था छैन । ठूलो भवनमा चार÷पाँच जनाले काम गर्दा परिणाम आउँदैन,’ शर्माले भने ।

नगरपालिकाले वार्षिक रुपमा रु २० लाख रकम भाडामा खर्च गर्दै आएको छ । विसं २०७८ फागुन २० गते तत्कालीन संस्थापक नगरप्रमुख इन्द्रराज पौडेलले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । सम्झौताअनुसार २०८१ पुस १६ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

भवनको हाल भौतिक प्रगति ७२ प्रतिशत बराबर पुगेको छ । भवनको मुख्य संरचना निर्माण सम्पन्न भए पनि पर्खाल, झ्याल–ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङरोगन तथा पर्खाल तथा सजावटका काम बाँकी छ ।

भवन निर्माणका लागि निर्माण कम्पनीसँग रु आठ करोड १७ लाख ६५ हजारमा सम्झौता भएको थियो । स्थानीयले निःशुल्क उपलब्ध गराएको आठ रोपनी जग्गामा निर्माण भइरहेको भवन चारतले र ४२ कोठाको हुनेछ ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार  ७ : १५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु