कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने | Khabarhub Khabarhub

कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ ।

वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार अहिले बाटो चौडा गर्ने काम सम्पन्न भइसकेको छ ।

कार्यालय प्रमुख राजनराज रेड्डीले भने, ‘हालसम्म ५० प्रतिशत बढी काम सकिएको छ, यसलाई निर्धारित समयभन्दा अगाडि सक्ने तयारीका साथ काम गरिरहेको छौं।’

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सो पाँच किलोमिटर सडक कालोपत्रको काम शुरु गरेको हो । निर्माणको जिम्मा ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीले पाएको छ । कम्पनीका प्राविधिक आशिष न्यौपानेले भने, ‘कामलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ, सबै तवरबाट गुणस्तरीय सडक बन्छ ।’

भोजपुरको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्म आवतजावत गर्न कच्ची सडकले निकै सास्ती हुँदै आएको छ । सडक कालोपत्रको काम अगाडि बढेपछि स्थानीयवासी उत्साहित छन् । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन सरोकारवाला पक्षले ध्यान दिन स्थानीयवासीले आग्रह गरेका छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत वैशाखमा सडक कालोपत्रको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : ५५ बजे

कांग्रेसको महाधिवेशन २०८३ मङ्सिरभित्र हुनुपर्छ : शेखर कोइराला

दमौली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको महाधिवेशन

०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले मनाए १०० दिने सफतला

काठमाडौं – वि.सं २०८१ सालमा प्रदर्शनमा आएका तीन फिल्मले प्रदर्शनको

इरानमा अमेरिकी आक्रमणको पाकिस्तानद्वारा कडा शब्दमा निन्दा, साउदीले भन्यो : सबै पक्ष संयमित बनौँ

इस्लामावाद– अमेरिकाले इरानका परमाणु स्थलहरूमा गरेको आक्रमणको पाकिस्तानले कडा शब्दमा

खैरो हिरोइनसहित भद्रपुरबाट दुई जना पक्राउ

भद्रपुर– झापाको भद्रपुर भन्सार चोकबाट लागूऔषध खैरो हिरोइनसहित दुई जना

 निर्वाचन प्रणाली बदल्नुपर्छ : सांसद शाही

काठमाडौं– सांसदहरूले निर्वाचन प्रणाली बदलेर नयाँस्वरूपमा जानुपर्नेमा जोड दिएका छन्