कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने « Khabarhub

कालोपत्रको काम निर्धारित समय अगावै सम्पन्न हुने


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर–टक्सार सडक कालोपत्रको कामले तीव्रता पाएको छ । शुरुआत भएको सात महिनामा ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । समयमा काम सकिने आशा बढेको छ ।

वर्षौँसम्म धेरै योजना अलपत्र बनिरहेका उदाहरण धेरै छन् । भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । अहिले काम शुरु भएको सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार अहिले बाटो चौडा गर्ने काम सम्पन्न भइसकेको छ ।

कार्यालय प्रमुख राजनराज रेड्डीले भने, ‘हालसम्म ५० प्रतिशत बढी काम सकिएको छ, यसलाई निर्धारित समयभन्दा अगाडि सक्ने तयारीका साथ काम गरिरहेको छौं।’

प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले रु १३ करोड ५३ लाख ५८ हजार २२७ लागतमा सो पाँच किलोमिटर सडक कालोपत्रको काम शुरु गरेको हो । निर्माणको जिम्मा ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीले पाएको छ । कम्पनीका प्राविधिक आशिष न्यौपानेले भने, ‘कामलाई गुणस्तरीय ढङ्गले सम्पन्न गर्न हामी लागिपरेका छौँ, सबै तवरबाट गुणस्तरीय सडक बन्छ ।’

भोजपुरको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्म आवतजावत गर्न कच्ची सडकले निकै सास्ती हुँदै आएको छ । सडक कालोपत्रको काम अगाडि बढेपछि स्थानीयवासी उत्साहित छन् । कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गराउन सरोकारवाला पक्षले ध्यान दिन स्थानीयवासीले आग्रह गरेका छन् ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत वैशाखमा सडक कालोपत्रको शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ९ : ५५ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट