बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी | Khabarhub Khabarhub

बिरुवा होइन, रुख रोप्ने गण्डकी प्रदेशको तयारी


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले वातावरण संरक्षण एवं हरियाली कायम राख्न रुख रोप्ने अभियान सञ्चालन गर्ने भएको छ । य

सका लागि १० फिटभन्दा बढी उचाइको विरुवा रोप्ने तयारी भएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए ।

पारिवारिक निजी वन सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै आर्थिक समृद्धि ल्याउन प्राकृतिक सोतसाधनलाई उपयोग गरिने तयारी रहेको बताइएको छ ।

सङ्घ केन्द्रीय अध्यक्ष जोगराज गिरीले वनमा काठ सडेर जाने र विदेशबाट ठूलो धनराशिको काठ पैठारी हुने गरेको अवस्था रहेको चर्चा गर्दै आयात घटाउन उद्योग सञ्चालन गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार निजी वनअन्तर्गत मुलुकका १३ लाख घरधुरीले पाँच लाख ३२ हजार ९९२ रुखको व्यवस्था गर्दै आएका छन् । वनबाट १६ करोड क्यूफिट काठ उत्पादन गर्दै १५ लाख युवालाई रोजगार प्रदान सकिने सम्भावना रहेको जनाइएको छ ।

सङ्घ तदर्थ समितिका संयोजक खुमप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल केन्द्रीय सदस्य प्रेम लामिछाने, महासङ्घ कास्कीका अध्यक्ष विश्वनाथ लामिछाने, मानवअधिकारकर्मी राजेश पराजुली, गैसस प्रदेश अध्यक्ष गोपाल खड्कालगायतले सर्वसुलभ वन पैदावार निकासी व्यवस्था आवश्यक रहेको धारणा राखे । अधिवेशनमा गण्डकी प्रदेशका विभिन्न १० जिल्लाका १०० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता थियो ।

नयाँ कार्यसमितिको अध्यक्षमा ठकुरी

सोही अधिवेशनले जीवनविक्रम ठकुरीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । चारवर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा लुना थापा मगर, सचिव सन्तु सुवेदी, सहसचिव दमनबहादुर गुरुङ, कोषाध्यक्षमा दुर्गाप्रसाद पराजुली रहेका छन् ।

समितिको सदस्यमा काविता अर्याल, हरिप्रसाद शर्मा, रत्ना भण्डारी, देवी विष्ट, वमबहादुर थापा, लीला दवाडी, ईश्वरीप्रसाद भुसाल, ईश्वर वानियाँ, गोपालकृष्ण भण्डारी, भरत कट्टेल, रश्मी बानियाँ, शम्भु थापा, दीपा अधिकारी, रमेश बानियाँ, गीता अधिकारी, सुभित्रा बास्याल, विष्णु गुरुङ चयन भएका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १० : १७ बजे

देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौं– हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा,

अपाङ्गता भएकालाई घरमै नागरिकता

तनहुँ– जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर

मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

धादिङ– धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको

के सकिएकै हो अमेरिका र रुसको तिक्तता ?

सोमबार राति विश्व राजनीतिका लागि एउटा महत्त्वपूर्ण संयोग देखा परेको

प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा महाशिवरात्रि पर्व