चिसोले खुट्टा फुट्यो ? यस्तो छ घरेलु औषधि | Khabarhub Khabarhub

चिसोले खुट्टा फुट्यो ? यस्तो छ घरेलु औषधि


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

चिसोको समयमा अनुहार, ओठ र हातखुट्टा फुस्रो समस्या हुन्छ । जसका कारण छाला फुट्ने गर्छ । चिसोको समयमा हातखुट्टा र अनुहारको छाला मात्र होइन धेरैलाई कुर्कुच्च  तथा पैतला फुट्ने समस्याले पनि सताउँछ ।

कुर्कुच्चा फुट्दा दुख्ने गर्छ । कुर्कुच्चा फुट्दा मानिसको सौन्दर्यतामा पनि ह्रास आउँछ । शरीरका क्याल्सियमको कमी भएमा पैताल तथा कुर्कुच्चा फुट्न थाल्छ । चिसोे फुट्ने पैतला तथा कुर्कुच्चालाई घरेलु उपायबाट पनि समस्या समाधान गर्न सकिन्छ ।

पैतला फुट्ने समस्याको घरेलु उपचार यस्तो छ

पैताले फुटेमा घरमै यसको उपचार र स्याहार गर्न सकिन्छ । सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुनुपर्छ । त्यसपछि तातोपानीले धोएको खुटलाई राम्रोसँग सफा तौलियाले ओसिलो बनाउनु पर्छ ।

त्यसपछि  गुलाबजल, कागतीको रस र गिल्सरिन एउटा भाडामा राखेर मिसाउँने वा घोल्नुहोस् । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउनुहोस् ।  सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाएर सुत्नुहोस् ।

भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्नुहोस् । यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कुर्कुच्चा तथा पैतला फुट्ने समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १ : ५७ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ