फुटबल हेर्न गएका भुटानीले गाए नेपाली गीत, ‘रेशम फिरिरि...’ ले गुञ्जियो रंगशाला ! | Khabarhub Khabarhub

फुटबल हेर्न गएका भुटानीले गाए नेपाली गीत, ‘रेशम फिरिरि…’ ले गुञ्जियो रंगशाला !


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फुटबलमा दक्षिण एसियाकै सबै भन्दा कमजोर देश मानिने भुटानले पहिलो पटक दक्षिण एसियाली खेलकुद सागको फाइनल यात्रा तय गरेको छ ।

शनिवार श्रीलंकालाई ३–० को गोल अन्तरले पराजित गर्दै भुटान पहिलोपटक सागको फाइनलमा प्रवेश गरेको हो ।

पहिलोपटक फाइनलमा पुगेसँगै भुटानका खेलाडी मात्र होइन रंगशालामा उपस्थित दर्शकले समेत निकै खुसीयाली मनाएका छन् ।

उनीहरुले चर्चित नेपाली गीत ‘रेशम फिरिरी….’ बोलको गीत गाएर उत्सब मनाएका थिए । भुटानी राष्ट्रिय भण्डा हातमा लिएर खेल हेर्न पुगेका भुटानी दर्शक र पदाधिकारीले उक्त गीत गाएका थिए । उनीहरुले गाएको गीतको भीडियो खेल हेर्न रंगशाला पुगेका नेपाली समर्थक प्रमोद घिमिरे नामका फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट समेत गरेका थिए ।

कुनै समय अत्यन्त कमजोर मानिने र दक्षिण एसियाली देशरुहरु सबैले हराउने देशको रुपमा रहेको भुटानले जारी १३ औं सागमा नेपाल बाहेकका सबै टिमलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

भुटानले श्रीलंका माल्दिभ्स र बंगलादेशलाई पराजित गरेको हो ।

जितपछि ड्रेसिङ रुममा भुटानी खेलाडी र पदाधिकारी निकै खुसी देखिएका थिए ।

भुटानको अपेक्षा छ फाइनल नेपालसँग नपरोस् । आज नेपाल र बंगलादेशबीचको खेलमा नेपालले जितेमा भुटानको भेट फाइनमा नेपालसँग हुनेछ ।

नेपालले लिगमा भुटानलाई नमिठो हार चखाएको थियो । नेपालले भुटानमाथि ४–० को जित निकालेको थियो । त्यसैले फाइनलमा नेपालसँगको भीडन्तले भुटानलाई डर पैदा गरेको छ तर भुटान रोकिने मुडमा भने छैन ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  १२ : ४० बजे

इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै

काठमाडौं । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी

जुगल गाउँपालिका–७ का वडाध्यक्ष पक्राउ

सिन्धुपाल्चोक । बैङ्किङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुर। कञ्चनपुरबाट आज लागूऔेषधसहित तीन जना पक्राउ परेका छन्। दार्चुला

आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

बझाङमा एमालेको अग्रता, कांग्रेस ६ सय मतले पछाडि

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ