यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’ « Khabarhub

यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता सौगात मल्लले पछिल्लो समय फिल्ममा खासै कमाल गर्न सकेका छैनन् । कुनै बेला राम्रो स्टारडमको सम्भावना देखाएका सौगातले केही समय यता एकपछि अर्को असफल फिल्म दिइरहेका छन् ।

त्यसो त फिल्म एउटा कलाकारका कारण मात्र चल्दैन । सौगातकै भनाइलाई लिने हो भने पनि नेपालमा केही वर्ष यता नेपालमा राम्रा फिल्म निर्माण हुन सकेका छैनन् ।

हालै सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘माछा माछा’ प्रदर्शनमा आयो । जबकि, यो फिल्ममा अभिनय गराउनका लागि निर्देशक सुनील गुरुङले २ वर्ष प्रतीक्षा गरेका थिए । तर, फिल्म चलेन ।

फिल्ममा सौगातका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, सरिता गिरी लगायतका कलाकारले शीर्ष भूमिका निभाएका छन् । फिल्मलाई क्राइम कमेडी भनिएको थियो । पैसाको पछि लाग्दै गरेका केही युवाहरुको कथालाई फिल्ममा प्रस्तुत गरिएको थियो ।

सुनील गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई र रामबाबु गुरुङको लगानी थियो । फिल्मको औसत चर्चा भए पनि हलमा भने दर्शकको साथ पाउन सकेन ।

आखिर किन चलेन फिल्म?

पछिल्लो समय केही फिल्मलाई छोड्ने हो भने अन्य फिल्मले व्यावसायिक सफलता हात पार्न सकेका छैनन् । ‘माछा माछा’ एक औसत फिल्म बनेको थियो । जबकि, औसत फिल्म नेपालमा हप्तैपिच्छे रिलिज हुने गरेका छन् । दर्शक आफै कुन फिल्म हेर्ने भनेर झुक्किने अवस्था नेपालमा छ ।

फिल्ममा संवाद ठीकै भए पनि यसको पटकथामा उल्झन छ । एकपछि अर्को घटना भएजस्तो लागे पनि फिल्मको कथा त्यस्तो शक्तिशाली लाग्दैन । जसकारण फिल्मले हेरेका दर्शकको मन बुझाउन सकेन ।

अर्कातिर फिल्म हेर्न पनि दर्शक हलसम्म आएनन् । धेरै दर्शकले फिल्म हेर्नमा नै रुचि देखाएनन् । किनकि, फिल्मको ट्रेलर र पोस्टरले दर्शकलाई तान्न सकेन ।

अहिलेका दर्शक यति चलाख छन् कि, फिल्मको कहानीले तान्न सकेन भने बरु कुनै विदेशी फिल्म हेर्छन् तर नेपाली फिल्म हेर्ने झण्झट गर्दैनन् ।

‘माछा माछा’ लाई पनि दर्शकले पत्याएनन् । फिल्म नचले पनि कलाकार भने चलिरहेका छन् । ब्याक टु ब्याक काम पाइरहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ५४ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक