यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’ « Khabarhub

यसकारण ‘पत्तासाफ’ भयो सौगातको फिल्म ‘माछा माछा’


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता सौगात मल्लले पछिल्लो समय फिल्ममा खासै कमाल गर्न सकेका छैनन् । कुनै बेला राम्रो स्टारडमको सम्भावना देखाएका सौगातले केही समय यता एकपछि अर्को असफल फिल्म दिइरहेका छन् ।

त्यसो त फिल्म एउटा कलाकारका कारण मात्र चल्दैन । सौगातकै भनाइलाई लिने हो भने पनि नेपालमा केही वर्ष यता नेपालमा राम्रा फिल्म निर्माण हुन सकेका छैनन् ।

हालै सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘माछा माछा’ प्रदर्शनमा आयो । जबकि, यो फिल्ममा अभिनय गराउनका लागि निर्देशक सुनील गुरुङले २ वर्ष प्रतीक्षा गरेका थिए । तर, फिल्म चलेन ।

फिल्ममा सौगातका अलावा भोलाराज सापकोटा, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, सरिता गिरी लगायतका कलाकारले शीर्ष भूमिका निभाएका छन् । फिल्मलाई क्राइम कमेडी भनिएको थियो । पैसाको पछि लाग्दै गरेका केही युवाहरुको कथालाई फिल्ममा प्रस्तुत गरिएको थियो ।

सुनील गुरुङले निर्देशन गरेको यो फिल्ममा दयाहाङ राई र रामबाबु गुरुङको लगानी थियो । फिल्मको औसत चर्चा भए पनि हलमा भने दर्शकको साथ पाउन सकेन ।

आखिर किन चलेन फिल्म?

पछिल्लो समय केही फिल्मलाई छोड्ने हो भने अन्य फिल्मले व्यावसायिक सफलता हात पार्न सकेका छैनन् । ‘माछा माछा’ एक औसत फिल्म बनेको थियो । जबकि, औसत फिल्म नेपालमा हप्तैपिच्छे रिलिज हुने गरेका छन् । दर्शक आफै कुन फिल्म हेर्ने भनेर झुक्किने अवस्था नेपालमा छ ।

फिल्ममा संवाद ठीकै भए पनि यसको पटकथामा उल्झन छ । एकपछि अर्को घटना भएजस्तो लागे पनि फिल्मको कथा त्यस्तो शक्तिशाली लाग्दैन । जसकारण फिल्मले हेरेका दर्शकको मन बुझाउन सकेन ।

अर्कातिर फिल्म हेर्न पनि दर्शक हलसम्म आएनन् । धेरै दर्शकले फिल्म हेर्नमा नै रुचि देखाएनन् । किनकि, फिल्मको ट्रेलर र पोस्टरले दर्शकलाई तान्न सकेन ।

अहिलेका दर्शक यति चलाख छन् कि, फिल्मको कहानीले तान्न सकेन भने बरु कुनै विदेशी फिल्म हेर्छन् तर नेपाली फिल्म हेर्ने झण्झट गर्दैनन् ।

‘माछा माछा’ लाई पनि दर्शकले पत्याएनन् । फिल्म नचले पनि कलाकार भने चलिरहेका छन् । ब्याक टु ब्याक काम पाइरहेका छन् ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  २ : ५४ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि