सबैको लघुवित्तको तेश्रो बार्षिक साधारण सभा सम्पन्न « Khabarhub

सबैको लघुवित्तको तेश्रो बार्षिक साधारण सभा सम्पन्न


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा सम्पन भएको छ । शनिवार डुम्रे, तनहुँमा तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त सभाले आब २०७५/७६ को मुनाफा बाट हाल कायम चुक्ता पुँजी रु१६ करोड ५० लाखको १३ प्रतिशत अर्थात् २ करोड १४ लाख ५० हजार बराबरको बोनश शेयर जारी गरे पश्चात् संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख ५० हजार पुगेको छ ।

सभाले बोनश शेयर जारी पश्चात्को पुँजीको १०० प्रतिशत अर्थात् १:१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ ।

उक्त सभामासर्वसाधारण समुहको तर्फबाट २ जना सञ्चालकहरुः श्याम प्रसाद श्रेष्ठ र गोपाल जोशी निर्विरोध निर्वाचित भएका छन् । सभाले नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त अन्य “घ” वर्गकाकुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरु एक आपसमा गाभ्नगाभिनवा प्राप्ती गर्ने सम्बन्धी विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यस कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धि सम्पूर्ण सेवाहरु एनआईबिएल एस क्यापिटल लि। ले प्रदान गर्दै आइरहेको समेत कम्पनीले जनाएको छ ।

२०७४ आषाढ ३० गतेबाट तनहुँ जिल्लाको डुम्रेबाट लघुवित्त कारोवार शुरु गरेको यस संस्थाले २९ जिल्लाहरुमा ५१ शखा कार्यालयहरु मार्फत् ३५ हजार ग्राहक सदस्यहरु लाई प्रत्यक्ष सेवा पुर्‍याएको छ । त्यस्तै गरी संस्थाले १ अर्ब ७९ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरु बाट ५२ करोड रुपैयाँ भन्दा बढी बचत संकलन पनि गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ४ : २९ बजे

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको