अमेरिकाले नेपाली सेनालाई दिएको दुई ‘स्काइ ट्रक’ काठमाडौंमा « Khabarhub

अमेरिकाले नेपाली सेनालाई दिएको दुई ‘स्काइ ट्रक’ काठमाडौंमा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा ‘एम–२८ स्काई ट्रक’ काठमाडौं आइपुगेको छ ।

अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप प्रदान गरेका सो स्काइ ट्रक आइतबार विहान काठमाडौंमा उत्रिएका हुन् । वि. सं.२०७२ सालको भूकम्पपछि अमेरिकाले नेपाली सेनालाई सहायता स्वरुप स्काई ट्रक दिने घोषणा गरेको थियो ।

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराएको हो ।

दुईवटा जहाज भारत हुँदै आइतबार विहान साढे दुई बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

पूर्वनिर्धारित तालिकाअनुसार आइतबार बिहान काठमाडौं अवतरण हुने कार्यक्रम रहे पनि अरु एयरपोर्टबाट उडान तालिकामा ढिलाइ नहुँदा राति नै काठमाडौं ल्याइएको हो।

विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग गरिने नेपाली सेनाले जनाएको छ ।

दुवै जहाजको औपचारिक हस्तानान्तरण पुस २ गते हुनेछ।अहिले दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनीअन्तर्गतको ह्‍यांगरमा राखिएको छ।

दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्‍ने क्षमताका छन्।

यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो । दोस्रो चरणमा थप दुई वटा विमान पठाउने अमेरिकी अधिकारीको तयारी छ । थप विमान सन् २०२२ को अन्त्यसम्ममा आइपुग्ने जंगीअड्डाले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ७ : ३७ बजे

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका

भ्रष्टाचार मुद्दामा विकल पौडललाई २ वर्ष कैद, ८३ करोड बढी बिगो

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग