अमेरिकाले नेपाली सेनालाई दिएको दुई ‘स्काइ ट्रक’ काठमाडौंमा « Khabarhub

अमेरिकाले नेपाली सेनालाई दिएको दुई ‘स्काइ ट्रक’ काठमाडौंमा


२२ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले नेपाली सेनालाई दिएको दुई वटा ‘एम–२८ स्काई ट्रक’ काठमाडौं आइपुगेको छ ।

अमेरिकाले नेपाली सेनाका लागि सहायता स्वरुप प्रदान गरेका सो स्काइ ट्रक आइतबार विहान काठमाडौंमा उत्रिएका हुन् । वि. सं.२०७२ सालको भूकम्पपछि अमेरिकाले नेपाली सेनालाई सहायता स्वरुप स्काई ट्रक दिने घोषणा गरेको थियो ।

अमेरिकाले वैदेशिक सैन्य सहायता कार्यक्रम (एफएमएफपी) अन्तर्गत आपतकालीन उद्धारमा सघाउन नेपाली सेनालाई दुईवटा जहाज उपलब्ध गराएको हो ।

दुईवटा जहाज भारत हुँदै आइतबार विहान साढे दुई बजे काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले जानकारी दिए।

पूर्वनिर्धारित तालिकाअनुसार आइतबार बिहान काठमाडौं अवतरण हुने कार्यक्रम रहे पनि अरु एयरपोर्टबाट उडान तालिकामा ढिलाइ नहुँदा राति नै काठमाडौं ल्याइएको हो।

विपद् व्यवस्थापन, आपतकालीन उद्धार तथा राहत सामग्रीको ओसारपसारका लागि यी जहाजको प्रयोग गरिने नेपाली सेनाले जनाएको छ ।

दुवै जहाजको औपचारिक हस्तानान्तरण पुस २ गते हुनेछ।अहिले दुवै जहाजलाई नेपाली सेनाको ११ नम्बर बाहिनीअन्तर्गतको ह्‍यांगरमा राखिएको छ।

दुवै जहाज १८ यात्रु वा २३ सय किलो समान बोक्‍ने क्षमताका छन्।

यसअघि अमेरिकाले ४ वटा ‘स्काई ट्रक’ दिने घोषणा गरेको थियो । दोस्रो चरणमा थप दुई वटा विमान पठाउने अमेरिकी अधिकारीको तयारी छ । थप विमान सन् २०२२ को अन्त्यसम्ममा आइपुग्ने जंगीअड्डाले जनाएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ७ : ३७ बजे

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

घोराही– दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल