काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल पुरुष फुटबलको फाइनलमा पुगेको छ। आइतबार बंगलादेशलाई १–० ले पराजित गर्दै नेपाल फाइलनमा पुगेको हो ।
अब मंगलबार नेपालले स्वर्ण पदकका लागि भुटानसँग प्रतिस्पर्धा गर्नेछ । भुटानविरुद्धको खेलमा जित हात पारे नेपालले साग फुटबलमा चौथो पटक स्वर्ण चुम्नेछ ।
दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुनील बलले निर्णायक गोल गरेका थिए। जितसँगै नेपाल १० अंक जोडेर समूह विजेता बन्यो। दोस्रो बनेको भुटानको ९ अंक छ।
यसअघि नेपालले सन् २०१६, १९९३ र १९८४ मा साग फुटबलको उपाधि जितेको थियो। सन् १९८७ र १९९९ मा भने नेपाल फाइनल पुगेर पनि चुकेको थियो।
सागमा पाकिस्तानले सबैभन्दा बढी ४ पटक स्वर्ण जितेको छ। नेपाल र भारतले ३–३ पटक उपाधि जितेका छन्।
प्रतिक्रिया