‘साउदी युवराज गुण्डा भए’ « Khabarhub

‘साउदी युवराज गुण्डा भए’


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सिनेटरले साउदी अरबका युवराज मोहम्मद बिन सलमान पूर्ण रुपमा ग्याङ्ग्स्टार अर्थात् गुण्डा बनेको टिप्पणी गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अधिराज्यका लागि सिफारिस गरेका राजदूत जोन अबिजायदको सुनुवाईका क्रममा रिपब्लिकन पार्टीका तर्फबाट फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोले युवराज बिन सलमान पूर्ण रुपमा ग्याङ्ग्स्टार बनेको टिप्पणी गरेका हुन् ।

डेमोक्र्याटिक पार्टीबाहेक राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीका अन्य सिनेटरहरुले पनि युवराज बिन सलमानबारे तीखो आलोचना समेत गरेका थिए । खासगरी अमेरिकामा स्थायी बसोबास अनुमतीप्राप्त साउदी पत्रकार जमाल खशोग्जीको हत्या प्रकरण, महिला अधिकारकर्मीविरुद्धको यातना तथा साउदी अरबले यमनमा जारी राखेका सैनिक कारवाहीबारे सिनेटरहरुले साउदी अधिराज्यका युवराजविरुद्ध यस्तो टिप्पणी गरेका हुन् ।

यता साउदी अरबका लागि अमेरिकी राजदूत सिफारिस गरिएका अबिजायदले भने युवराज बिन सलमानबारे सिनेटरको टिप्पणी जायज रहेपनि अमेरिका र साउदी अरबबीच मध्यपूर्वमा रणनीतिक साझेदारी महत्वपूर्ण रहेको जिकिर गरेका थिए ।

अबिजायदले जमाल खशोग्जीको हत्याको जवाफदेहीता खोजिनुपर्ने तथा मानवअधिकारबारे पनि चासो राखिनुपर्ने तर यही घटनाका कारण साउदी अरब र अमेरिकाबीच रहेको रणनीतिक साझेदारीलाई कमजोर पार्न नहुने तर्क गरेका थिए ।

गत अक्टोबर महिनामा टर्कीको इस्तानबुल शहरमा रहेको साउदी वाणिज्यदूतावासभित्र हत्या भएपछि अमेरिका र साउदी अरबबीचको सम्बन्ध चिसिँदै आएको छ भने अमेरिकामा साउदी अरबले यमनमा गर्दै आएको सैनिक कारवाहीबारे पनि प्रश्न उठ्दै आएको छ ।

दुई मुलुकबीचको सम्बन्धकै कारण अमेरिकाले सन् २०१७ यता साउदी अरबमा राजदूत नियुक्त गर्न सकेको छैन । यद्यपि नवनियुक्त राजदूत अबिजायदको नियुक्ती सिनेटबाट सजिलै पारित हुने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ६ : ०० बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका