राष्ट्रपतिविरुद्ध वकिलहरु पनि आन्दोलित « Khabarhub

राष्ट्रपतिविरुद्ध वकिलहरु पनि आन्दोलित


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अल्जेरिया– उत्तर अफ्रिकी मुलुक अल्जेरियामा राष्ट्रपति अब्देलाजिज बोटेफ्लिकाविरुद्धको प्रदर्शन अझ विस्तृत हुँदै जाँदा बिहीबार राजधानी अल्जिर्समा सयौँ वकिलहरुले प्रदर्शन गरेका छन् ।

सन् १९९९ यता अल्जेरियाको राष्ट्रपतिको पदमा रहेका बोटेफ्लिकाले यस वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेद्वारी दिने घोषणा गरेपछि उनको विरोधमा प्रदर्शन भएको हो ।

बोटेफ्लिकाविरुद्ध अल्जेरियाको वकिलहरुको युनियनको आह्वानमा बिहीबार प्रदर्शन भएको हो । त्यसअघि बुधबार मुलुकका पूर्व सैनिकले पनि विशाल प्रदर्शन गरेका थिए । बिहीबारको प्रदर्शन सापोक्षित रुपमा शान्तिपूर्ण रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसबाहेक मुलुकका विभिन्न प्रभावशाली ट्रेड युनियनहरुले पनि बोटेफ्लिकाको राजीनामा माग गर्दै आएका छन् । बोटेफ्लिका कै नेशनल लिबरेसन फ्रन्ट पार्टीका मध्यमस्तरका नेता कार्यकताहरुले पदबाट राजीनामा दिएको बताइएको छ ।

प्रदर्शनकारीले बोटेफ्लिकाले तत्काल राजीनामा दिनुपर्ने तथा आगामी अप्रिल १८ मा हुन लागेको राष्ट्रपतीय निर्वाचनको मिति तत्काल पर सारेर अन्तरिम सरकारलाई सरकार सञ्चालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।

८२ वर्षीय बोटेफ्लिका सन् २०१३ मा माष्तिष्कघात भएयता सार्वजनिक कार्यक्रममा देखिएका छैनन् भने उनी ह्विलचियरको सहारामा हिडडुल गर्ने गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : २८ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने