ज्येष्ठ महिलाहरुका मुद्दा ओझेलमा पारेका त छैनौं ? | Khabarhub Khabarhub

ज्येष्ठ महिलाहरुका मुद्दा ओझेलमा पारेका त छैनौं ?



हरेक वर्ष मार्च ८ का दिन विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस रुपमा मनाउने गरिन्छ । विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि यो दिवस विश्वव्यापीरुपमा मनाइँदै छ । सरकारी तहदेखि महिलाहरुका विभिन्न विषयमा काम गर्ने सघं संस्थाहरु लगायतका यस विषयसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्बन्ध राख्ने संगठन र समूह एक आपसमा मिलेर यो दिवस मनाउँदै छन् ।

यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको नारा ‘Balance for better’ अर्थात् ‘सुधारका लागि सन्तुलन’ भन्ने रहेको छ । विकासका हरेक क्षेत्रमा महिलाहरुको समान सहभागितालाई सुनिश्चित गर्न यस नाराले प्रेरित गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास हेर्ने हो भने सबभन्दा पहिला महिला दिवसको रुपमा २८ फरवरी १९८१ मा अमेरिकाको न्यूयोर्कमा त्यहाँको समाजवादी पार्टीद्वारा आयोजना गरिएको थियो । त्यसको एक वर्षपछि कोपेनहेगनमा एउटा अन्तर्राष्ट्रिय महिला सम्मेलन भएको थियो । उक्त सम्मेलनमा उपस्थित महिला समाजवादी प्रतिनिधिहरुले अन्तर्राष्ट्रिय महिला दिवसको खाँचो औल्याउँदै त्यसबारे एक प्रस्ताव पेस गरेका थिए । उक्त सम्मेलनका प्रतिनिधिहरुले उक्त प्रस्तावको महत्व र आवश्यकताबारे बुझेर महिलाहरुको समान अधिकारलाई बढावा दिनको लागि अन्तर्राष्ट्रिय तहमा नै यो दिवस मनाउनु पर्नेमा सहमति भएको थियो ।

कतै हामीले ज्येष्ठ महिलाहरुका आवश्यक मुद्दाहरुलाई ओझेलमा पारेका त छैनौं ? के अन्य महिलाका विषयहरु जस्तै ज्येष्ठ महिलाहरुका अधिकार तथा अन्य सवालहरु प्रति हामी त्यति नै सक्रिय रुपमा लागिपरेका छौ त ? जति हामी अन्य उमेरका महिलाहरुको अधिकार, मुद्दा तथा सवालहरुप्रति आवाज उठाइरहेका छौं, त्यति नै ज्येष्ठ महिलाहरुका अधिकार, मुद्दा र सवालप्रति पक्कै पनि छैनौं ।

अन्तर्राष्ट्रिय दिवस पहिलो पटक १९ मार्च १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्वीजरल्याण्डमा मनाइएको थियो । त्यसको दुई वर्ष पछि १९१३ मा यो मिति ८ मार्चमा सार्न प्रस्ताव गरियो र पारित भयो । त्यसै बेलादेखि अहिलेसम्म ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय महिला दिवसको रुपमा मनाउने गरिएको छ।

दिगो विकास लक्ष्य सन् २०१५–२०३० ले निर्धारण गरेको लक्ष्य नं. ५ मा सबै महिलाहरुलाई लैड्डिक समानता प्रदान गर्दै सशक्तीकरण गर्ने भनेको छ । सबै महिलाहरुविरुद्ध हुने भेदभावका सबै रुपको सबै ठाउँबाट अन्त्य गर्नुपर्ने कुरा पनि उल्लेख गरेको छ । सबै महिलाविरुद्ध सार्वजनिक स्थल घर तथा अन्य स्थानमा हुने हिंसाका सबै रुपको अन्त्यको साथै यिनीहरुको बेचबिखन, यौवन र अरु किसिमका शोषणको अन्त्य गर्ने लक्ष्य लिएको छ । यसरी दिगो विकासको लक्ष्यले सबै उमेरका महिलाहरुलाई एकै साथ समेटेर निर्धारण गरेको लक्ष्य र अन्तर्राष्ट्रिय महिलादिवस २०१९ को नारा ‘सुधारका लागि सन्तुलन’ को बिचमा समानता रहेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस मनाउने क्रममा नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । महिलाहरुका विभिन्न अधिकार र पँहुचका कुराहरु जस्तै स्वास्थ्य, शिक्षा, रोजगार, अवसर आदि विषयहरुसँग सम्बन्धित भएर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ ।

यो दिवस मनाइँरहँदा कतै हामीले ज्येष्ठ महिलाहरुका आवश्यक मुद्दाहरुलाई ओझेलमा पारेका त छैनौं ? के अन्य महिलाका विषयहरु जस्तै ज्येष्ठ महिलाहरुका अधिकार तथा अन्य सवालहरु प्रति हामी त्यति नै सक्रिय रुपमा लागिपरेका छौ त ? जति हामी अन्य उमेरका महिलाहरुको अधिकार, मुद्दा तथा सवालहरुप्रति आवाज उठाइरहेका छौं, त्यति नै ज्येष्ठ महिलाहरुका अधिकार, मुद्दा र सवालप्रति पक्कै पनि छैनौं ।

किनभने हाम्रो मन र मस्तिष्कमा, सोच र विचारमा, व्यवहार र काममा महिला भन्ने वित्तिकै सक्रिय उमेर समूहको चित्र बन्दछ त्यो उमेर प्राय २० वर्षभन्दा माथि र ६० वर्ष भन्दा मुनि रहने गरेको छ । ६० वर्ष भन्दा माथिको उमेर समुहलाई त हामी ज्येष्ठ नागरिक भन्छौं र पाखा लगाउने गछौँ । हामी यति पनि सोच्न पछाडि पर्छौ कि ६० वर्ष भन्दामाथिको उमेरका ज्येष्ठ नागरिक महिलाहरुका पनि अन्य उमेरका महिलाहरुको जस्तै अधिकार, मुद्दा तथा सवालहरु उठाउनु आवश्यक छ ।

अन्तर्राष्ट्रिय महिला दिवस मनाइँरहदा यो समयावधिसम्मा महिलाहरुको पहुँचमा बढावा दिने खालका धेरै विषयहरु जस्तै शारिरीक, सामाजिक, आर्थिक, राजनीतिक विकासका विषयहरु उच्च प्राथमिकताका साथ उठाउने गरेको पाइन्छ । तर यी सबै विकासका विषयहरुमा ज्येष्ठ महिलाहरुलाई समावेश गरिंदैन ।

नेपालको सन्दर्भमा ज्येष्ठ महिलाहरुको विषयमा काम गर्ने सक्रिय संस्थाको अभाव छ । राष्ट्रिय महिला आयोगले पनि ज्येष्ठ महिलाहरुका मुद्दाहरुलाई त्यति साह्रो वास्ता गर्दैन । ज्येष्ठ महिलाहरु हरेक किसिमका घरेलु तथा सामाजिक दुर्व्यवहारको शिकार बनेका उदाहरणहरु प्रशस्त मात्रामा सुन्न र देख्नमा आउँछन् ।

शारीरिक दुर्वलता, अशिक्षा, बेरोजगार र पुरुष प्रधान समाजको कारणले गर्दा पनि नेपाली समाजमा ग्रामिण भू–भागहरुमा अझै पनि महिलाहरुको अवस्था दयनीय रहेको छ । यसमाथि ज्येष्ठ महिलाहरुको त कुरा झन् डरलाग्दो रहेको छ । तर त्यस्ता घटनाहरुको वास्तविक तथ्यांक र सूचना भेट्न गाह्रो छ ।

एजिङ नेपाल ज्येष्ठ नागरिकका विविध विषय र तथ्यांक संकलनमा काम गर्ने एक गैह्र सरकारी संस्था हो । ज्येष्ठ महिलाहरुमाथि विभिन्न प्रकारका दुर्व्यवहारहरु जस्तै शारिरीक, आर्थिक, यौन र मनोवैज्ञानिक आदि हुने गरेका छन् । कतिपय स्थानहरुमा त ज्येष्ठ महिलाहरुका बेवारिसे शव पनि फेला परेको तथ्यांक एजिङ नेपालमा उपलब्ध छ ।
यस संस्थामा उपलब्ध तथ्यांक अनुसार सन् २०१२ देखि २०१८ सम्ममा २०५ जना ज्येष्ठ महिलाहरु शारिरीक दुर्व्यवहारको शिकार भएका थिए ।

आर्थिक दुर्व्यवहारबाट ५२ जना ज्येष्ठ महिलाहरु पीडित भएका थिए । यौन दुर्व्यवहारबाट १८ जना ज्येष्ठ महिलाहरु पीडित भएका थिए । ५ जना ज्येष्ठ महिलाहरु मनोवैज्ञानिक दुर्व्यवहारको शिकार भएका थिए । यसैगरी १४७ ज्येष्ठ आमाहरुको बेवारिसे लास फेला परेको थियो ।

विगत सात वर्षको यो तथ्यांक एजिङ नेपालले विभिन्न राष्ट्रिय दैनिक, अनलाइन पत्रिका र पुलिस रिर्पोटका माध्ययमबाट सङ्कलन गरेको हो । माथि उल्लेख गरिएका तथ्यांक संख्याको हिसावले थोरै जस्तो देखिन्छ । तर दुर्व्यवहार सम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुले प्रत्येक २४ दुर्व्यवहारका घटनामा १ घटना मात्र बाहिर आउने तथ्य पुष्टि गरेका छन् । यस तथ्यांकको माध्यमबाट यो पुष्टि हुन्छ कि ६० वर्ष माथिका महिलाको जीवन असुरक्षित छ ।

अबका महिला दिवसहरुमा अन्य उमेरका जस्तै ज्येष्ठ नागरिक महिलाहरुलाई पनि समेटेर लैजानुपर्ने देखिन्छ । सम्पूर्ण महिलाहरुका आवश्यक मुद्दाहरु उचित तरिकाले उठान गरिनु पर्दछ । समष्टिगत रुपमा महिलाहरुका आवश्यकता तथा मुद्दाहरुको आधारमा महिला मैत्री कार्यक्रम तथा नीति नियमहरु निर्माण गरेर कार्यान्वयन गर्दै जानु उचित हुन्छ ।

राज्य, महिला विकासमा काम गर्ने संघ संस्थाहरु तथा अन्य सरोकारवालाहरुले महिला विकासका हरेक कार्यक्रम तथा नीति नियमहरु निर्धारण गर्दा ६० वर्ष माथि उमेरका महिलाहरुका लागि पनि उचित हुने खालका कार्यक्रम तथा नीति नियमहरु निर्धारण गर्नु आवश्यक छ । आशा गराैं– अब मनाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला दिवस ज्येष्ठ महिलाहरुका लागि पनि उत्तिकै लाभदायी हुनेछन्, जति ६० वर्ष मुनि उमेर समूहका महिलाहरुका लागि लाभदायी छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ७ : ५५ बजे

३७ अर्बको बजेट ल्याउँदै कोशी सरकार, सांसदलाई दुई करोड ५० लाखसम्म बाँड्ने तयारी

विराटनगर – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का

ताप्लेजुङमा चिराइतो उत्पादनमा वृद्धि

फुङ्लिङ– ताप्लेजुङको मिक्वाखोला नगरपालिका–५ पापुङका तेन्जिङ शेर्पा पछिल्लो समय चिराइतो

आरती सहकारीले बेच्न थाल्यो ‘इनर्जी ड्रिङ्क’, सदस्यहरूले उठाए पारदर्शितामा प्रश्न

काठमाडौं – मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित चर्चित सहकारी संस्था आरती

गर्भवती–सुत्केरीलाई नगरपालिकाको पोषण सामग्री

कञ्चनपुर– गर्भवती–सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन शुक्लाफाँटा नगरपालिका–३ ले निरन्तर

साउदी अरबद्वारा इरानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं- सन् २०२३ मा मेलमिलाप गर्नुअघि लामो समयदेखि तेहरानको प्रतिद्वन्द्वी